दार्जिलिङका नेपाली भाषीमाथिको दमन रोक्न माग गर्दै नेकपाद्वारा भारतीय दूतावास घेराउ

  • काठमाडौं । 
नेपाल कम्युनिस्ट पार्टीले भारतको पश्चिम बंगाल सरकारले नेपालीभाषीमाथि गरेको मदन-धरपकडको विरुद्धमा काठमाडौंमा प्रदर्शन गरेको छ ।

सोमबार दिउँसो काठमाडौंको शान्तिबाटीकाबाट र्‍याली सुरु भइ लैनचौरस्थित भारतीय दूतावास घेराउ गरेको थियो ।

पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोलाले दार्जिलिङका नेपालीभाषीलाई भारतको संविधानले दिएको अधिकारलाई ममता बनर्जी सरकारले हनन् गरेको बताउँदै दमन तत्काल रोक्न अाग्रह गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीले नेपालस्थित भारतीय दूतावासमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाली भाषीमाथिको मदन तत्काल रोक्न अाग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ ।



,

प्रतिकृया दिनुहोस्

Loading...