२ हप्तापछि भेटियो शव, पर्वतका शिक्षक पौडेलको हत्या कि आत्महत्या ?


पर्वत । 

बुधबार दिनभर जसो दुई हप्ता देखि कुस्मा नगरपालिका १ पाङ घर भई कटुवा चौपारी स्थित आईबल एकेडेमी बोडिङ स्कुलमा पढाउँदै आएका एक शिक्षक नारायण पौडेलहराएको र उनको भेटिएको शब प्रकृतीको बिषयमा निकै बहस शुरु भयो ।

बाग्लुङ्गको जैमिनी गाउँपालिकाको बेल बगरमा शब फेला परेपछि उनलको शवलाई जिल्ला प्रहरी कार्यालय पर्वत ल्याएको जनाएको छ । 

२० वर्षिय शिक्षक पौडेल विगत १ महिना अगाडीबाट मात्रै विद्यालयमा पढाउन सुरु गरेका थिए । विद्यालयमा विद्यार्थीलाई यातना दिएको भन्दै विद्यालय प्रशासनले विद्यालय आउन भनेका पौडेल एकाएक हराएपछि घटना रहस्यमय बनेको थियो ।

गत जेठ २४ गतेदेखि वेपत्ता भएका शिक्षक पौडेल अन्तिम पटक २५ गतेसम्म परिवारको सम्पर्कमा रहेको भएपनि त्यपछि उनी सम्पर्क बिहिन बनेका थिए । २७ गतेदेखि प्रहरीमा परेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतले खोजी सुरु गरेको प्रहरी निरिक्षक मधुकर जंग बिष्टले जानकारी दिए ।

मंगलबार पौडेलका परिवारले शवको पहिचान गरे आज शब ल्याइएको र शबको प्रकृती हेर्दा नै संकास्पद् तथा लामो समयको भएका कारण काठमाण्डौं पोष्टमार्टम लागि पठाइएको बिष्टले बताए ।


आम रुपमा त्यो शब हेर्दा जलेको जस्तो देखिएको, तथा शवलाई नै चिन्न नसकिने अबस्थामा रहेको कारण यो हत्या हो या आत्मा हत्या भन्ने बिषयमा काठमाण्डौबाट पोष्टमार्टम रिर्पोट आएपछि मात्रै थाहा हुने बताइएको छ । तर लाश देखेकाहरुले भने यो हत्या नै भएको हुनसक्ने बताएका छन् ।

२०७४ असार ८ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...