३२० रुपैयाँमा किनेको औँठी ३७ वर्षपछि किन बिक्यो पौने नौ करोडमा ? यस्तो छ रोचक तथ्य


काठमाडौं ।

३ सय २० रुपैयाँको औंठी पौने ९ करोडमा बिक्यो भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर यो कुरा सत्य हो । घटना हो लन्डनको । लण्डनकी एक महिलाले ३७ वर्षअघि झण्डै ३ सय २० रुपैयाँ बराबरको मूल्यमा खरीद गरेको एउटा औंठी पछिल्लो ३७ बर्षपछी पौने ९ करोडमा बिकेको छ । 

आफुलाई उक्त औंठी निकै मन परेको बताउने उनलाई असली हिराको हो भन्ने कुरा चाहीँ थाहा थिएन । त्यो औंठी बेच्नेलाई पनि त्यो औंठी असली हिरा भएको थाहा थिएन । तर गहना पसलेले उक्त औँठी २६.२७ क्यारेट हिराको भएको पुष्टि गरिदियो । जस अनुसार त्यसको परल मूल्य नै अढाइ देखि साढे ३ लाख पाउण्ड सम्म पर्दथ्यो । 

आफुले लगाउंदै गरेको औंठी आखिर के को रहेछ भन्ने जान्न मन लाग्दा स्थानीय गहना पसलमा गएर जाँच गराईन् । निकै पूरानो त्यो औँठीको बारेमा थाहा पाएपछि गहनाको लिलामी गर्ने एक संस्थाले ती महिलासँग सम्पर्क गर्यो अनि उनीसँगबाट लिएर त्यो औँठी लिलामी गर्यो । अन्त्यमा त्यो औँठी झण्डै पौने ९ करोड रुपैयाँ बराबरको मूल्यमा बिक्यो ।

वास्तवमा उक्त औँठीमा प्रयोग गरिएको हिराको टुक्रा निकै पूरानो ढंगले काटिएको र सोही अनुसार औँठीमा जोडिएको हुँदा त्यसको माथिल्लो भागबाट प्रकाश परावर्तन हुन पाउँदैनथ्यो र हिरा चम्किँदैनथ्यो ।

प्रतिकृया दिनुहोस्

Loading...