पहिलो पटक राजधानीका घरबेटीविरुद्ध मुद्दा दर्ता, यस्तो छ कसुर !

बहालमा बस्नेमाथि जातीय विभेद तथा छुवाछुतजन्य व्यवहार गर्ने एक घरभेटीविरुद्धको मुद्दा दर्ता भएको छ ।
ललितपुर महानगरपालिकाको – २५ नख्खुस्थित बस्दै अाएकी मतीमाया दर्जीले घरभेटी सावित्री केसी (खत्री) विरुद्ध पहिलो पटक मुद्दा दर्ता गरकी हुन् ।
जातीय विभेद तथा छुवाछुत (कसूर र सजाय ) ऐन २०६८ अनुसार कानूनी कारवाही माग गर्दै जेठ २९ गते महानगरिय प्रहरी परिसर ललितपुर जावालाखेलमा मतीमायाले मुद्दा दायर गरेकी छन् ।
घर मालिक सावित्रीले अाफूमाथि पटक पटक जातीय विभेद गरेकाले मुद्दा दायर गरेको मतीमायाले बताएकी छन् ।
राजधानिलगायत देशका विभिन्न ठाउँहरुमा घर मालिकबाट दलितमाथि जातीय विभेद तथा छुवाछुतजन्य व्यवहार हुँदै आएको भएतापनि कानूनी रुपमा कारवाहीको लागि प्रहरी कार्यलयमा दर्ता भएको यो पहिलो घटना भएको दलित अगुवा सरु सुनारले जानकारी दिएकी छन् ।
प्रतिकृया दिनुहोस्
Loading...