पाकिस्तानमाथि भारतको सानदार जीत

  • काठमाडौं । 
आइसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा भारतले पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको छ । आइतबार राति भएको खेलमा भारतसँग पाकिस्तान १ सय २४ रनले विजयी भएको हो ।

बर्मीङ्घममा भएको खेलमा पहिले व्याटिङ गरेको भारतले निर्धारित ४८ ओभरमा ३ विकेट गुमाएर ३ सय १९ रन बनायो । भारतका लागि रोहित शर्माले ९१ रन तथा कप्तान विराट कोहलीले अविजित ८१ रन जोडे । यसैगरी शिखर धवनले ६८ रन जोड्दा युवराज सिंहले ५३ रनको योगदान दिए ।

इंग्ल्याण्डमा जारी खेलालाई वर्षाले प्रभावित पारेपछि पाकिस्तानलाई ४१ ओभरमा २ सय ८९ रनको नयाँ लक्ष्य दिईयो । तर पाकिस्तानी टोली ३४ औं ओभरमा १ सय ६४ रनमै समेटियो ।

पाकिस्तानका लागि अजहर अलीले ५० रन जोडे भने मोहम्मद हाफिजले ३३ रन बनाए । बलिङतर्फ भारतका उमेश यादवले ३ विकेट लिए । त्यस्तै हार्दिक पाण्ड्या र रविन्द्र जडेजाले दुई–दुई विकेट लिए । च्याम्पियन्स ट्रफी क्रिकेटमा आज अष्ट्रेलिया र बंगलादेश भिड्नेछन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...