उर्जामा तहल्का मच्चाएका गृहमन्त्री शर्माले अनुसन्धान विभागलाई दिए यस्ताे निर्देशन



काठमाडौं ।

गृहमन्त्री जनार्दन शर्माले राज्यको अनुसन्धान निकाय कमजोर भए राज्य कमजोर हुने भन्दै राष्ट्रिय अनुसन्धान विभागलाई सशक्त बनाउन निर्देशन दिएका छन् ।

विभागको निरीक्षणका क्रममा मन्त्री शर्माले विभागका काम कारबाहीलाई प्राथमिकीकरण गरी परिवर्तित प्रविधिलाई आत्मसात् गर्दै राष्ट्रिय सुरक्षामा सहयोग पुग्ने सूचना सङ्कलन, विश्लेषण र मूल्याङ्कनसहित सम्प्रेषण गर्न विभागीय अधिकृत तथा कर्मचारीलाई निर्देशन दिए ।

उनले विभागका कर्मचारीको व्यावसायिक दक्षता र क्षमतामा अभिवृद्धि गरी कार्यगत विशिष्टीकरण गर्ने र विभागलाई राज्यको आवश्यकताअनुरुप सबल र सुदृढ बनाउन ऐन, नियम समयानुकूल परिवर्तन गर्न आफू र सरकारले पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरे ।

,

प्रतिकृया दिनुहोस्

Loading...