भोटका लागि काँग्रेसले पैसा बाँडिरहेको गोप्य भिडियो सार्वजनिक, हेर्नुस भिडियोसहित

  • झापा । 
प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले भोट किन्नका लागि पैसा बाडेको गोप्य भिडियो सार्वजनिक भएको छ ।झापाको गौरादह नगरपालिका वडा नम्बर ९ बैगन्धुरामा नेपाली काँग्रेसका कार्यकर्ताले पैसामा भोट किनिरहेको दृश्य भिडियाेमा देखिएकाे छ ।

शनिबार झापामा काँग्रेसको आमसभा चलिरहेको बेला उता नजिकैको एउटा बन्द कोठामा मानिसहरुलाई पैसा बाँड्ने काम पनि भइरहेको थियो । भिडियोमा काँग्रेसका कार्यकर्ता धमाधम पैसा बाँडिरहेको प्रष्टै देखिन्छ ।

गौरादहको बैगुन्धुरामा काँग्रेस कार्यकर्ताले भोटका लागि विपन्न वर्गका जनतालाई पैसा बाँडेका हुन् । गौरादह वडा नम्बर ९ मा कांग्रेसबाट सिताराम भट्टराई उम्मेदवार छन् । गम्भीर कुरा के छ भने भिडियोमा नोट बाँड्ने व्यक्ति स्थानीय अमर माध्यमिक विद्यालयका सह प्रधानध्यापक हुन् ।

हेर्नुहाेस् भिडियाे । श्रोत : दैनिक नेपाल

,

प्रतिकृया दिनुहोस्

Loading...