जब ओलीको गाउँ पुगेर बाबुरामले काटे ओलीकै कुरा !

  • झापा ।

नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी ओलीका चुड्किलाले देश विकास नहुने टिप्प्णी गरेका छन् ।

ओलीकै गृह जिल्ला झापाको दमकमा शुक्रबार नयाँ शक्ति र संघीय समाजवादी फोरमको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै भट्टराईले चुड्किलाले नभई देश विकासका लागि योजना र काम हुनुपर्ने बताए । ओलीले चुड्किला हालेका भरमा ओलीले अहिलेसम्म नेपालीलाई भ्रममा पारेको आरोव लगाए ।

‘केपी ओलीजी हास्य कलाकार भन्दा कम हुनुहुन्न, उहाँले विकास र समृद्धिको नारालाई समेत उखान टुक्का बनाई सक्नुभयो’, भट्टराईले भने, ‘चुड्किलाका भारमा देशको विकास र समृद्धि सम्भव छैन ।’ कांग्रेस र एमालेले दुई दशक सत्ता चलाउँदा खैत देशको विकास गरेको ? भन्ने प्रश्न उनले गरे ।

भट्टराईले आफ्नो पूर्वपार्टी माओवादी केन्द्रमाथि खाओवादी भइसकेको आरोप लगाए । उनले ठूला दलका नेताले मुलुकका खोला र भ्रष्टाचार गरेर नाला बेचेर धन थुपारेको भन्दै भट्टराईले ती दललाई भोट नदिन मतदातालाई अपिल गरे । काठमाडौं टुडे

२०७४ असार १० मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...