भरतपुरमा देवी ज्ञवालीलाई बलि चढाउन केपी ओली तयार…

  • काठमाडौं । 

भरतपुर महानगरपालिकाको निर्वाचनमा रेणु दाहाललाई जिताइ छाड्ने रणनीतिका साथ माओवादी केन्द्रका अध्यक्ष तथा रेणुका पिता प्रचण्ड लागि लागिपरेको छर्लंग छ । सिराहामा निर्वाचन हारेर पनि जिताइनु भएका उनले नेपाल राजनीतिको यही कुसंस्कारलाई पूरापूर प्रयोग गरेर छोरीलाई जिताउन लागि परेका छन् ।

बाहिर जे जस्ता टीका टिप्पणी गरे पनि एमाले अध्यक्ष केपी शर्मा ओली पनि रेणुलाई जिताउन तयार देखिँदै गएका छन् । त्यसका लागि उनले भविष्यको सत्ता राजनीतिमा कुनै न कुनै सहमति गरिसक्नु भएको बताइन्छ । नियोजित रुपमा मतपत्र च्यातिएको भरतपुर घटनामा रेणु पराजित हुने स्थिति बनिसकेको थियो ।

तर, मतपत्र च्यातेर नयाँ अवस्था सृजना गरियो । माओवादी केन्द्रका कार्यकर्तालाई मतपत्र च्यात्न पहिल्यै अर्हाइएको थियो । योजना बमोजिम निर्वाचन अधिकृतहरुसमेत शंकाको घेरामा छन् । ग्रान्ड डिजाइन बमोजिम भएको घटनामा निर्वाचन आयोगले पुनः निर्वाचनको निणय दियो ।

उसले विगतमा एमालेले यस्तै गतिविधि गरेर पुनः निर्वाचन गर्न बाध्य भएको नजिरका आधारमा निर्णय लियो–जसले भविष्यमा मतपत्र च्यात्ने गतिविधि धेरै हुने अवस्था बनेको छ । छोरी रेणुलाई जिताउन कुनै न कुनै तरिकाले धाँधली गर्नुपर्ने अवस्था भरतपुर महानगरको वडा नम्बर १९ मा रहेको छ ।

यसका लागि विपक्षी एमालेका नेतालाई समेत प्रभावमा पारी छोरीका लागि मैदान छाडिदिए आफूले एमालेलाई सत्ताको खेलमा गुन तिर्ने वचन दिएको बताइन्छ । यो खेललाई मान्न ओलीसमेत तयार भएको बताइन्छ । षड्यन्त्रमूलक राजनीतिको शिकारचाहिँ एमाले उम्मेदवार देवी ज्ञवाली बन्ने देखिँदैछ ।

उनलाई हराएर भए पनि एमालेका नेताले सत्ता राजनीतिमा हुने भविष्यको जोडघटाउमा सफल बन्ने रणनीति बनाएका छन् । नेपाली कांग्रेसले निश्चित रुपमा जित्ने क्षेत्रमा सत्ता पाउनका लागि शेरबहादुर देउवाले आफ्ना कार्यकर्ता दिनेश कोइरालालाई बलिको बोको बनाउनु भएका थिए ।

कोइरालाको उम्मेदवार पत्र पठाएर फिर्ता गराउनु भएको थियो । देउवाले रेणुको प्रचारमा भाषणसमेत गरेर फर्किनु भएपछि कांग्रेस कार्यकर्तामाझ असन्तुष्टि बढेको थियो ।

नेपाली कांग्रेसको इतिहासमा सभापतिले कुनै विपक्षी दलको उम्मेदवारको प्रचारमा भाषण गरेर फर्किएको यो पहिलो घटना बन्यो–जसले कांग्रेस कार्यकर्ताहरुको मनसमेत दुखायो । उता एमालेले चाहिँ भित्री रणनीति बनाएर माओवादीका उम्मेदवारलाई जिताउन भविष्यमा हुने कुनै षड्यन्त्रमा साथ लिने गरी सहमति बनायो । यो खबर विमर्शमा उल्लेख छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...