दुरसञ्चार प्राधिकरणका अध्यक्ष झामाथि अज्ञात समूहद्वारा आक्रमण

  • काठमाडौँ ।
नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झामाथि अज्ञात समूहले आक्रमण गरेको छ ।

उनीमाथि आइतबार साँझ ७ बजेतिर अनामनगरस्थित मदन भण्डारी कलेज नजिकै आक्रमण भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी छविलाल जोशीले इमान्दार मिडियालाई बताए ।

जोशीले भने 'पहिचान नखुलेका केही व्यक्तिहरुले उहाँ सवार गाडीमा एक्कासि आक्रमण गरेको प्रत्यक्षदर्शी स्थानीयले जानकारी दिएका छन्। हामी अहिले फिल्डमै छौ । अनुसन्धान जारी छ ।'

एसएसपी जोशीका अनुसार ढुंगा प्रहारबाट झा सवार गाडीको पछाडीपट्टी सिसा फुटेको छ भने झालाई चोटपटक लागेको छैन ।

अज्ञात समुहले आक्रमण लगत्तै नाराबाजी गरेका र भागेका हुनाले उनीहरुको खोजी भइरहेको एसएसपी जोशीले इमान्दार मिडियालाई बताए  ।

,

प्रतिकृया दिनुहोस्

Loading...