भारतलाई पाकिस्तानले धुलो चटाउँदै गरेको देखेपछि कुर्सीबाट झण्डै ढलेनन् मोदी

  • काठमाडौं ।
च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ ।

आइतबार बेलुका भएको खेलमा भारतलाई फराकिलो अन्तरले हराउँदै पाकिस्तानले च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । यो उसको पहिलो उपाधि हो । भारतसँग पाकिस्तानले हार्ने दर्शकको अनुमानलाई झुट सावित गर्दै पाकिस्तानले १ सय ८० रनले अन्तरले उपाधि जितेको छ ।

पहिलो पटकको फाइनल यात्रामै उपाधि जित्ने क्रममा पाकिस्तानले तीन सय ३९ रनको लक्ष्य पछ्याएको भारतलाई ३० दशमलव ३ ओभरमा मात्रै एक सय ५८ रन बनाउँदा अलआउट गर्‍यो ।

पाकिस्तानका मोहम्मद आमिर र हसन अलीले समान तीन तीन तथा शादब खानले दुई विकेट लिए । भारतका हार्दिक पाण्डेयले ७६, युवराज सिंहले २२, शिखर धवनले २१ तथा रविन्द्र जडेजाले १५ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कप्तान विराट कोहली पाँच तथा महेन्द्र सिंह धोनी मात्रै चार रन बनाएर आउट भए । रोहित शर्मा शून्य रनमा आउट भए । यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले फाखर जामनको एक सय १४ रनको मद्दतमा चार विकेटको क्षतिमा ३ सय ३८ रन बनायो ।

अजहर अलीले ५९ तथा बाबर आजमले ४६ रनको योगदान गरे । मोहम्मद हाफिजले नटआउट ५७ रन बनाए ।

खेल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि हेरिरहेका थिए । मिनी विश्वकपको उपनाम पाएको उपाधि भारतले जित्ने विश्वासका साथ खेल हेर्न बसेका मोदी पाकिस्तानले जितेपछि झण्डै कुर्सीबाट गर्लम्मै लडेको स्रोतलाई उदृत गर्दै पाकिस्तानका केही सञ्चारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...