दार्जीलिङमा चर्कियो गोरखाल्याण्ड आन्दोलन, नियन्त्रण गर्न सेना परिचालन (भिडियोसहित)

  • मिनराज पाण्डे, दार्जिलिङ ।
भारतको पश्चिम बंगाल राज्य दार्जिलिङमा गोरखा आन्दोलन चर्किएको छ । नेपालभाषी गोरखा जनमुक्ति मोर्चाका समर्थकहरुले गोरखा आन्दोलन चर्काएका हुन् ।

आन्दोलन चर्किदै गएपछि प्रदर्शनका क्रममा मोर्चा कार्यकर्ता र भारतीय प्रहरीगरि दुवैतर्फबाट केही घाईते भएका छन् ।

मोर्चा समर्थकले ढुंगा तथा बोतलले प्रहरीलाई आक्रमण गरेका छन् । उता प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले टियर ग्यास प्रहार गरेको छ ।

नेपाली भाषीहरुको बसोबास रहेको दार्जिलिङमा मूख्यमन्त्री बेनर्जीले गतसाता १० कक्षासम्म बेंगाली भाषा अनिवार्य रुपमा पढाउनुपर्ने घोषणा गरेसँगै मोर्चा आन्दोलित भएको हो ।

आन्दोलन उग्र बनेपछि दार्जिलिङमा सेना परिचालन गरिएको छ । मोर्चाका हजारौं समर्थकहरूले प्रहरीका सवारी साधन र सरकारी बसमा आगजनी र तोडफोड गर्न थालेपछि पश्चिम बंगालकी मूख्य मन्त्री ममता बेनर्जी नेतृत्वको सरकारले सेना परिचालन गरेको हो ।

उनले सेना परिचालनको निर्णय गरेसँगै प्रदर्शनकारीले मूख्यमन्त्रीविरुद्व पुत्ला जलाउने प्रयास गरेका थिए । गोरखाल्याण्ड मागगर्दै दार्जिलिङमा लामो सयमदेखि आन्दोलन हुँदै आएको छ ।

हेर्नुहोस् केही भिडियोहरु


२०७४ जेठ २६ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...