सल्लाहकार छान्न देउवालाई महाभारत, पूर्वमन्त्रीदेखि को–को देखिए आकांक्षी ?

  • काठमाडौं । 
आफूसँग नजिक रहेर पार्टी र अन्तरपार्टी छलफललाई प्रभावकारी बनाउने सहितका विषयमा काम गर्न प्रधानमन्त्रीले राजनीतिक सल्लाहकार नियुक्त गर्ने प्रचलन छ ।

देउवाले यस्तो सल्लाहकार कसलाई बनाउँछन् भन्ने चासो सर्वत्र छ । राजनीतिक सल्लाहकारका लागि डा. प्रकाशशरण महत, रमेश लेखकदेखि विश्वप्रकाश शर्मासम्मको चर्चा छ ।

देउवाले राष्ट्रिय योजना आयोगमा डा. स्वर्णीम वाग्लेलाई उपाध्यक्ष बनाउने सम्भावना छ । देउवाले आर्थिक सल्लाहकार पूर्वसचिव कृष्ण ज्ञवालीलाई बनाउने प्रवल सम्भावना छ । ज्ञवाली लामो समय अर्थ मन्त्रालयमा बसेका पूर्वप्रशासक हुन् ।

प्रधानमन्त्रीले राजनीनामा दिएलगत्तै सरकारको कानूनी सल्लाहकार महान्यायाधिवक्ताले पनि राजीनामा दिने प्रचलन छ । तर, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारका महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले अझै राजीनामा दिएका छैनन् । देउवा र प्रचण्डबीच श्रेष्ठले राजीनामा नदिने सहमति भएको स्रोत बताउँछ । नयाँ पत्रिकामा खबर छ ।

२०७४ असार १३ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...