सुरु भयो निर्वाचनको सरगर्मी, शीर्ष नेता को कहाँ मत हाल्दै ?

  • काठमाडौँ ।
स्थानीय तह दोस्रो चरणको निर्वाचन बुधबार हुँदै छ । पहिलो चरणको निर्वाचनमा जस्तो हल्लाखल्ला खास नभएपनि मतदान गर्न सर्वसाधारण जनता आ-आफ्नो गाउँ फर्किएका छन् ।

सर्वसाधारण जस्तै राजनीतिक दलका नेता कार्यकर्ता पनि निर्वाचनका लागी गाउँ-गाउँमा खटिएका छन्। यस्तै शीर्ष नेताहरु पनि विभिन्न मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।

केही शीर्ष नेताले भने पहिलो चरणमै मतदान गरिसकेका छन् । बुधबार कुन शिर्ष नेताहरुले कहाँबाट मतदान गर्दैछन् ?

– प्रधानमन्त्री शेरबहादुर देउवा : गन्यापधुरा गाउँपालिका–१, डडेल्धुराको असिग्राम उमावि मतदान केन्द्र

– सभामुख ओनसरी घर्ती : लिवाङ–७ रोल्पाको बालोदय माध्यमिक विद्यालय केन्द्र

उपराष्ट्रपति नन्दबहादुर पुन : खोलीगाउँपालिका–२ रोल्पा

– झलनाथ खनाल : इलामको सूर्योदय नगरपालिका–९ को राष्ट्रिय निमावि केन्द्र

– कृष्ण सिटौला : झापाको भद्रपुर–१० स्थित कबलगुडी प्रावि

– वामदेव गौतम : बर्दियाको बाँसुगढी–८ को त्रिभुवन उमावि

– सुवास नेम्बाङ : इलाम नगरपालिका ७, बालमन्दिर आधारभूत विद्यालय केन्द्र

– उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा : रोल्पाको लिवाङ नगरपालिका–१को तारा माध्यमिक विद्यालय केन्द्र

नयाँ पत्रिकामा खबर छ । 

, ,

प्रतिकृया दिनुहोस्

Loading...