महिलाहरु शारीरिक सम्पर्कका लागि किन सहजै तयार हुदैन ? पत्ता लाग्यो कारण


म आफ्नी गर्लफ्रेन्डसँग यौनसम्पर्क गर्न खोज्छु । मैले धेरै पटक टङ किस र ब्रेस्ट किस गरें । त्यति गरे पनि उनले यौन सम्पर्क गर्न भने दिइनन् । उनी आफूलाई कन्ट्रोल गर्छिन् । किन होला ?

महिलाले किन सहजै यौनसम्पर्क गर्न मान्दैनन् ?

केटा अर्थात पुरुषको तुलनामा महिलाहरू यौनसम्पर्कका लागि सहजै तयार हुँदैनन् भन्ने कुराको जीव वैज्ञानिक आधार पनि छ । त्यसका बारेमा पनि छोटकरीमा चर्चा गरौं । जीव वैज्ञानिक आधारमा कुरा गर्ने हो भने महिला तथा पुरुषमा आधारभूत भिन्नताहरू छन् र यो कुरा उनीहरूको यौन क्रियाकलापमा पनि लागू हुन्छ ।

जीव वैज्ञानिक रूपमा कुनै पनि जीवित प्राणीको ध्येय आफ्नो प्रजातिको विस्तार गर्नु हो, जसका लागि सबल सन्तानको जन्माउने मात्र होइन, त्यसलाई राम्रोसँग हुर्काउनु पनि पर्ने हुन्छ । जीव वैज्ञानिक रूपमा सन्तान हुर्काउने जिम्मेवारी स्वभाविक रूपमा महिलाको बढी हुन्छ । त्यसैले पनि महिलाले यौनसम्पर्क राख्नु भनेको यो अभिभारा बहन गर्नु पनि हो । महिलाहरू सन्तानलाई स्तनपान गराउने वा हेरचाह गर्ने मात्र होइन, भविष्यमा आफ्नो र सन्तानको खाना र सुरक्षाको प्रत्याभूतिलाई पनि मध्यनजर गर्छन् ।

त्यसका लागि सामान्यत: महिलाले गर्भधारण गर्नुअघि नै कुन पुरुषले आफूलाई दीर्घकालीन साथ दिन्छ वा दिँदैन, आफू र जन्मिने सन्तानप्रति समर्पित रहन्छ वा रहँदैन र सन्तान सबल बनाउन तथा उसलाई हुर्काउन खाना अनि सुरक्षाजस्ता कुराको व्यवस्था गर्न सक्छ कि सक्दैन भन्ने कुराका बारेमा पनि विचार गर्छन् । यी कुरा महिलाले सचेत रूपमा सोचेर गर्ने भन्दा पनि जीववैज्ञानिक रूपमा स्वभाविक रूपमै पनि हुन्छ । अहिलेको आधुनिक समाजमा पनि विभिन्न रूपमा यसलाई सिकाइएको पाइन्छ ।

यिनै कारणले महिलाहरू पुरुषको तुलनामा सहज रूपमा यौनसम्पर्क राख्न गर्न मान्दैनन् । अर्को किसिमले यौनसम्पर्कको नियन्त्रण आफूमा राख्नु महिलाहरू शक्तिशाली स्थितिमा हुनु पनि हो । तपाईंको सम्बन्धप्रतिको प्रतिबद्धता, समर्पण अनि भावी सन्तानको हेरचाह र सुरक्षाको प्रतिभूति हुने किसिमको सम्बन्ध तपाईंहरूबीच हुनु आवश्यक छ । यौनसम्पर्कका लागि विवाहसम्म पर्खने कुरा पनि यसैसँग सम्बन्धित छ ।

आशा गर्छु, तपाईंले आफ्नो सम्बन्धमा प्रगाढता ल्याउन उल्लेखित कुराहरू लागू गर्नुहुनेछ । अर्को कुरा, उमेर पुगेको छ र सामाजिक रूपमा सबल हुनुहुन्छ भने विवाह गरे पनि त भयो नि, होइन र ?

प्रतिकृया दिनुहोस्

Loading...