गृहमन्त्रीको यस्तो चाल: सिलवाल एआईजी बन्न नपाउने, जय बहादुर चन्द दोस्रो नम्बरमा (सूचीसहित)

  • काठमाडौं ।

नेपाल प्रहरीका डीआईजी नवराज सिलवाल बाहेकका ११ जना डीआईजीलाई गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस गरेको छ ।

एसएसपीबाट एक नम्बरमा डीआईजी बढुवा भएका सिलवाल भने एआईजी हुनबाट बन्चित भएका छन् । डीआईजीबाट सिधै आईजीपी हुने सपना पालेका सिलवाल सहकर्मी जयबहादुर चन्द र प्रकाश अर्याल बिरुद्ध पटक–पटक अदालत पुगेपछि उनको एआईजी बन्ने बाटो पनि बन्द भएको हो ।

सिलवालमाथि अदालतमा फर्जी कागजात पेश गरेको आरोप पनि लागेको थियो । यसमाथि सरकारले छानविन गरेको थियो । छानविनमा सिलवाल दोषी पाइएको सरकारको दावी थियो । 

पुर्वआईजीपी उपेन्द्रकान्त अर्याल रिटायर्ड हुुनभन्दा केही दिनअघिसम्म नवराज सिलवाल भन्थे, ‘म एक नम्बरमा छु, अब आईजीपी हुने मैँ हुँ ।’ तर उनको त्यो आकांक्षा अब पुरा नहुने निश्चित जस्तै भएको छ, यद्यपी उनले ‘आईजिपी बन्न पाउँ’ दायर गरेको मुद्धा सर्वोच्च अदालतमा बिचाराधीन छ ।

२०७३ फागुनमा सरकारले जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेसँगै पहिलोपटक सर्वोच्च अदालत पुगेका सिलवाल प्रकाश अर्याललाई आईजीपी नियुक्त गरेसँगै दोस्रो पटक पनि अदालत पुगेका थिए । लामो समयसम्म मुद्दा फैसला हुन नसकेपछि शुक्रवार अबेर बसेको बढुवा समितिले उनी बाहेक अन्य ११ जना डीआईजीलाई एआईजी बढुवा गर्न सिफारिस गरेको हो । प्रहरी नियमावली अनुसार एआईजी बढुवाको सिफारीस मन्त्रिपरिषद्को बैठकबाट अनुमोदन गनुपर्छ ।

कार्यसम्पादन मुल्यांकनका आधारमा डीआईजी बमबहादुर भण्डारी एक नम्बरमा बढुवा सिफारिस भएका छन् । हाल महानगरीय प्रहरी कार्यालयमा निमित्त प्रमुखको रुपमा कार्यरत भण्डारी प्रहरी प्रमुख प्रकाश अर्यालकै ब्याजी हुन् । त्यस्तै अर्यालकै ब्याजका जयबहादुर चन्द दुई नम्बरमा बढुवा हुन सिफारिस भएका छन् । यसअघि प्रचण्ड नेतृत्वको सरकरले चन्दलाई प्रहरी प्रमुख नियुक्त गरेर पत्र समेत दिईसकेको थियो । पछि सर्वोच्च अदालतले जयबहादुरलाई प्रहरी प्रमुख बनाउने सरकारको निर्णय खारेज गरेको थियो ।

डीआईजीहरु देवेन्द्र सुवेदी, पशुपती उपाध्याय, केशरीराज घिमिरे, माधव प्रसाद जोशी, बिजयलाल कायस्थ, कमल सिंह बम, मिङमार लामा, रणबहादुर चन्द र बिजयकुमार भट्ट एआईजी बढुवाका लागी सिफारिस भएका छन् । रातोपाटीमा खबर छ ।

२०७४ साउन १ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...