भर्जिन गर्लको खोजीमा हिड्दा....


हरि थापा ।

एक समयको अविस्मरणिय क्षण । विद्यालयमा केटाकेटीको माया प्रीतिले खुब तहल्का पिटेको थियो । 

भर्खरै बिजुलीबत्ती आएको सबैको घरघरमा उज्यालो छाएको थियो । हर्ष, उमङ्गले गाउँटोल र बस्ती बेहुलीझैँ सजिएको थियो । अँध्यारो बस्ती एकाएक उज्यालो भएपछि सबैको अनुहारमा उज्यालो चमक देखिने नै भयो ।

घरैपिच्छे टेलिभिजन किनेका थिए । बालबच्चादेखि सबै युवापुस्ता रङ्गीन दुनियाँमा खुब आकर्षित थिए । नेपाली, हिन्दी फिल्मका सीडी किनेर ल्यायो, हेर्यो । सबैले भरपुर मनोरञ्जन प्राप्त गर्दै आएका थिए ।

फिल्मको पर्दामा देखिने अभिनयजस्तै वास्तविकतामा त्यसबेला धेरै बालबालिकाले आत्माहत्या गरे । फिल्मको नक्कल गर्दै पटक पटक डोरी लगाएर पासो लाग्ने फिल्मको झैँ घरका तीन तलामाथिबाट हाम फाले । जिउमा मटितेल खन्याएर आगो बाल्ने जस्ता विभिन्न घटनाहरु भए । कतिको उद्धार भयो, कत्तिको अकालमै ज्यान गुम्यो ।

ससाना नानीबाबुहरु एक्सन मुभी र कमेडी कार्टुनमा व्यस्थ हुन्थे भने अलि ठूला किशोर, किशोरी र युवायुवती लभस्टोरीमा मस्त हुन्थे । फिल्मको नक्कलजस्तै स्कुले केटाकेटीमा बालविवहादेखि बलत्कारसम्मका विचित्र हिंसाहरु भए । विवहा गर्छु भन्ने र मन तन साट्ने केटाहरु फरार हुने, भर्खरैका आठ नौ कक्षामा पढ्ने किशोर, किशोरीहरु जङ्गल झाडीमा दिन विताउन थाले । असुरक्षित सम्पर्कले किशाेरीहरू दुई जिउको पनि भए पछि त्यहि कारण बन्याे आत्माहत्याकाे बाटाे ।

यस्ता घटना क्रमबद्ध भए । केटाहरु फरार रहे तर मेरो छिमेकी साथी दीपाको भने रहस्यमय घटना घट्न पुगेछ । विवाह गर्ने भनेर सँगै बस्ने खाने खेल्नेसम्म भएछ । पुरुषले जब पुरुषार्थ देखाउँदै विवहा गर्ने भनी सबै इच्छा पूरा गरेछ । जति नाइनास्ती गर्दा पनि दीपा उसको मायामा लिप्त भइ र अन्त्यमा सर्वस्व सुम्पिन पुगि । देवीदेवता साक्षी राख्दै कसम खाएर मायाप्रीति अझ प्रगाढ बन्दै गएछ । उनीहरु परिवारलाई थाहा नदिई भाग्ने प्लान पनि बनाए तर हिम्मत गर्न सकेनन् । कारण थियाे पैसा अभाव, पढ्ने केटाकेटी खर्चको अभाव कहीँ कतैबाट समस्या सुल्झिने स्थिति नभएपछि केटा खर्चको खोजीमा लाग्याे ।

केटीको मैनावारी रोकिएछ, याेकुरा थाहा पाएर केटा फरार भएछ । यता दीपाको आमाबाबुले छाेरीकाे कुरा बेलैमा थाहा पाएकाले उपचारका लागि अस्पताल पुर्याउनसम्म भ्याए गर्भपतन गराउनुकाे विकल्प देखेनन् । नेपाली समाजमा यस्तो विकृतीपूर्ण कुरा घर समाज स्वीकार गर्ने सक्ने अवस्थामा थिएन । यस्तो कुरा सजिलै पचाउन नसकिने भएपछि गुपचुप राख्न कोसिस गरियाे ।

तर के सक्थे र ? हावा न हाे। एक कान दुईकान हुदै मैदानसम्म पुगेर हल्ला हावासरि फैलियाे । त्यसपछि दीपाले यो घटनाबाट लज्जित हुनु नै पर्याे । समाजको अगाडि ठाडो शिर बनाएर हिँड्नसक्ने अवस्था रहेन । दीपालाई अ भने बाँच्न सजिलो थिएन, तर उनका बूढा बाबुआमा पनि यो घटनाले थलिएका थिए । समाजको अगाडि शिर झुकेको थियो । दीपाले आफ्नो आमाबाबुको यो चोट सहन नसकी जीवनसँग हार खाएर आत्मा हत्याको प्रयास पनि गरिन तर छाेरीकाे त्याे हालतमा परिवारले उसलाई साथ दियाे ।

समाजले कहिलेकाँही मान्छेलार्इ सच्चिने माैकासम्म दिदैन भनेकाे यहि हाेला, पछि उनीहरुले समाजको तिरष्कार सहन नसकी बसाइँ सर्न बाध्य भए । उनीहरु त्यो समाजमा टिक्न नसकेर भएको पुख्र्याेैली सम्पत्ति बेचबिखन गरेर बसाइँ सरे । पहाडबाट तराई झरेपछि विगतलाई बिर्संदै गए । छोरी परिपक्व हुँदै गई । छोरी सुध्रिएकामा बाबुआमा अत्यन्त गर्व गर्थे । अन्जानमा भएको गल्तीलाई बाबुआमाले माफ गरिसकेका थिए ।

दीपाले आफ्नो अध्ययन राम्ररी अगाडि बढाई । आमाबाबुको दुखेको चोटलाई मलम लगाए पछि परिवार खुसी थिए तर दीपा परिपक्व भइसकेकाले अब उसको घरजाम गरिदिन पाए जीवनमा स्वर्ग पुगिन्थ्यो कि भन्ने बूढा बाबुआमालाई लाग्थ्यो ।

दीपा पढाइ सकेपछि समाजसेवामा लागेकी थिई । परोपकारी काम गर्ने र आफूजस्तै दुःख पर्नेहरुलाई सहयोग गर्ने प्रतिबद्धताका साथ वृद्धा आश्रम खोलेकी थिई दिपाले । लगभग दीपा सम्पन्न भइसकेकी थिई । बाबुआमालाई खुसी दिन सकेकी थिई । ऊ आफ्नो सन्तानमा छोरी हैन । छोराको भूमिका खेल्थी र सहयोग सद्भाव राख्थी ।

दीपाको हात माग्न पटक पटक बाबुआमासँग कुरा गर्न नआएका हैनन् तर उनीहरुले छोरीले जे गर्छे, हामी त्यसमा सहमत छाैं भन्ने गर्थे । पढेलेखेकी छोरी आफ्नो दायित्व बुझेकी छ भनेर गर्व गर्थे । केही सोध्न परे छोरीसँगै कुरा गर्नु भन्थे ।

पुरानो घाउ पूर्ण रुपमा ओभानो भइसकेको थियो । दीपा आफ्नो अफिसमा सधै व्यस्थ हुन्थी । आमाबाबुले काम मात्र हैन, छोरी आफ्नो भविष्य पनि सोच भनेर पटक पटक सम्झाउँथे । विवहा नभएसम्म सास नै नजाने कुरा गर्थे उनिहरू । छोरी भने सधैँ घर अफिसमा व्यस्त ।

केही दिन अगाडि दीपाले नयाँ कर्मचारीहरु थपेकाले ऊ अहिले अलि फुर्सदिलो भएकी थिई । दीपा दुई तीन दिनदेखि फेसबुकमा व्यस्थ थिई । नयाँ कर्मचारीहरुले पनि नजिकबाट नियाल्दै थिए । ऊ मस्त हुन्थी । कर्मचारी पनि दीपाजस्तो हाकिम पाएकोमा खुसी थिए । अति नै इमानदार, शालीन, शिक्षित दीपाको जिवन भने उनीहरुले बुझेका थिएनन् ।

एक दिन दीपाको फेसबुकमा नयाँ साथीको फ्रेन्डरिक्वेस्ट आयो । हत्तपत्त प्रोफाइल खोलेर हेरिछे, त्यो मान्छे को रहेछ भनेर हेरी । ऊ झस्की, धड्कन बढ्यो र लाटी बेहोसी भई । एक छिनपछि फ्रेन्डरिक्वेस्ट एसेप्ट गरिछे । त्यसै बखत उत्ता केटाले हाई डार्लिङ भन्दै म्यासेज गर्यो । ऊ भने थरथर काँम्दै दाँत टोक्दै बोल्न थाली छ । हरेक दिन तीता मीठा गफ हुन थाले । एक अर्कामा छुटि नै नसक्ने माया बसेछ ।

उनीहरुले विवाह गर्नेसम्मको कुरा अगाडि बढे । केटा अति नै आकर्षित भएछ । मोटो घाटो रहेछ केटो भने केटी पनि तन्दुरुष्त देखिने पोटिली, लोभ लाग्दो जिउज्यान भएकी थिई तर केटीको फोटो चाहिँ फेक थियो । फेसबुकमा गफ गर्दे जाँदा केटाले सोधेछ, तिमी भर्जिन हो ? केटीले जिस्किँदै भनिछ, होइन म भोड्का हुँ, रोएलस्टेक हुँ, केटी उल्टै जिस्काउँदै थिई । केटासँग दीपाको हिसाब चुक्ता गर्नु थियो, उसले चिनिसकेकी थिइ त्याे केटालार्इ । त्यसैले दीपा अनुशासनमा रहेर नम्र हुँदै कुरा गर्दै गई ।

अनि हजुर नी ? दिपाले उल्टै प्रतिप्रश्न गरिछे, उनलार्इ सबै सबै थाहा नभएकाे हैन तर मन मात्र विचार गरेकी थिई । केटाले होइन जवाफ दिएर एकै चोटि सच्चा पुरुष बन्ने प्रण गरेछ । एकै छिनमा ऊ केटीको विश्वासको पात्र बन्न सफल भयो । फेरि केटाले विवहाहित पनि भनिसकेको थियो । त्यसैले झिनो आशा र केही विश्वास जित्न सफल भयो ।

श्रीमतीबाहेक कतिसँग सम्बन्ध राख्नु भयो ? कतिलाई झुक्याउनु भयो मलाईजस्तै गरी ? भन्न मन नलागेकाे काहाँ हाे र ? तर फेरि भनिन उसले । यसरी भनेको भए केटा पहिले जस्तै फरार हुन सक्थ्यो । त्यसैले दीपाले सोचेर जालमा पार्दै थिई उसलार्इ।

जे भए पनि केटा त्यति बेलाबसम्म दीपाको मायामा चुर्लुम्म डुबिसकेको थियो । केटाले मरिहत्ते गरेपछि दीपाले प्रस्ताव गरी । यदि म फोटोको सुन्दरी भन्दा फरक नराम्रो रहेछु भने के गर्नुहुन्छ ? 'केटाले तत्काल जवाफ दियाे - एसेप्ट गर्छु नी, जस्ति भए पनि, मात्र भेट ।'

तपाई सिङ्गल हो कि म्यारीड ? दीपाकाे प्रश्न तेर्सियाे । तर यसपाली केटाले स्पष्ट भन्याे, म्यारिड तर अहिले सिङ्गल । कसरी ? दीपाले साेधी । 'म ईन्डिया गएको बेला, अर्कै केटासँग भागिछे ।' केटाले भावुक बनेकाे सिग्नल पठायाे ।

दीपाले मनमनै भनि ठिक्क परेछ तँलार्इ । अव भने जुनकुकै हालतमा यसलार्इ भेट्नुपर्छ दीपाले अठाेट गरी मनमनै । केटा इन्डियाबाट घर आउने समय नजिकिँदै गर्दा दीपाले फोनमा बाक्लो कुरा कुरा गर्न थाली । केटाकेटीकाे अाग्रहमा उनिहरूभन्दा पहिले परिवारहरु भेट भए । कुरा अगाडि बढाएर दुवै पक्षले विवहाको तयारी गरे ।

केटा एकै चाेटि विवहा गर्ने तयारीको साथ इन्गेजमेन्ट गर्न आयो । केटी पक्षका पनि तयारीमा थिए । जब केटाले दीपालार्इ देख्याे, उसकाे मुहारकाे चमक एकाएक गायब भयाे । झण्डै मुर्छा परेन उ । यता दीपा भने अाफ्नाे अपराधीलार्इ अाफ्नै अगाडी हायलकायल देखेर मन्द मुस्कानमा सजिएर बसेकी थिई । केटाको अनुहार पूरै कालो भएको थियो । केटाकाे हालत देखेर उसका बाउअामाकाे पनि हालत खराख नहुने कुरै थिएन । एकैछिन साइडमा लगि सोधेछन्, - किन बाबु तैँले भनेर हामीले तयार गरेका हौँ । के भयाे अब ? उसले सबै कुरा टार्दै भन्याे अलि सञ्चाे नहाेलाजस्ताे छ । गर्मी भयाे एकाएक मलार्इ अरू केहि हाेइन ।

केटाकेटी वुवा अामाले केटिपक्षलार्इ अाग्रह गरे । हामी त राजी छाैं, एकपटक दुलाहा दुलहीलार्इ पनि एक्लै कुरा गर्न दिने की ? उनिहरूकाे पनि केहि कुरा छ की एक अापसमा ? दीपाका अामा बुवाले अनुमति दिएपछि उनिहरूलार्इ एउटा काेठामा पठाइयाे । भित्र गएपछि केटा बोल्न सकेन मात्र दीपालार्इ हेरिरह्याे । उ दीपाकाे अपराधी हाे । वास्तममा अाज दीपाकाे अगाडी लज्जित भएर अात्मसर्पण गर्न अाएकाे छ अन्जानमा । 

सबै वातावरण सम्हाल्दै दीपाले साेधि - अनि हजुर यत्रो वर्ष कता बेपत्ता हुनुभएको ? किन सम्पर्क गर्नुभएन, ? म दुई जिउकी थिए तपार्इले त्यस्ताे अवस्थामा मलार्इ छाेडेर भाग्दा लाज लागेन ? अाजसम्म कति महिलाकाे जीवन बर्बाद पार्नुभयाे ? कतिका भविष्यमाथि खेलवाड गर्नुभयाे ।' उसले एकै सासमा भनि अझ भर्जिन केटी चाहियो हैन ?

मेरो जीवन वर्वाद गर्ने अपराधी अब पनि भाग्ने विचार छ ? उ चुपचाप थियाे, नजिकै गएर गालामा झापड दिएपछि हात जोडेर विन्ति बिसायाे उसले र भन्याे – हैन म तिमीसँग विवहा गर्न तयार छु । म तिम्राे अपराधि नै हाे मलार्इ जे सजाय दिन चाहान्छाै देउ, म सहर्स स्विकर गर्छु । उसले दीपालार्इ सम्झाउदै भन्याे सक्छाै भने पुरानाे कुरा विर्सेर नयाँ जिन्दगीकाे सुरूवात गराैं । म तिम्राे पुरै जीवनभर सेवा गर्न चाहान्छु । बाचा भयाे मेराे । बस एक माैका देउ दीपा तिमीजस्ति महान नारीसँग अबकाे बाँकी जीवन बिताउने अवसर देउ । प्लिज उसले लज्जास्पद स्वरमा विन्ती चढायाे ।

उसकाे अाँशुले फेरि पगाल्याे दीपालार्इ । उ तयार भई त्यहि केटासँग जीवन बिताउन । यसरी भर्जिक गर्लकाे खाेजिमा हिडेकाे विजय दुर्भाग्यवस पूर्वप्रेमिकाको अदालतमा पुग्याे।


प्रतिकृया दिनुहोस्

Loading...