मिर्गौला तस्करी गर्ने मनमोहन अस्पतालसँग एमाले नेता नेपालसहित २५ सांसदको कनेक्सन

  • काठमाडौं ।
एमाले नेताहरुको लगानी रहेको नेपाल स्वास्थ्य सेवा सहकारी संस्थामार्फत संचालित मनमोहन मेमोरियल मेडिकल कलेजले मिर्गौलाको तस्करी गरेको खुलासा भएको छ । पत्थरीको अप्रेसन गर्न आएका नुवाकोट विदुर नगरपालिका–१२ का ३२ वर्षीय शिवप्रसाद रिमालको मिर्गौला झिकिएपछि परिवारले नै यसको पुष्टी गरेको हो ।

गत जेठ २५ मा पत्थरीको अप्रेसन गर्न अस्पताल भर्ना भएका रिमालको अप्रेसन गर्ने क्रममा मिर्गौला निकालेको पीडित परिवारले जनाएको छ । रिमाल पत्नी रञ्जुका अनुसार घटना ढाकछोप गर्न अस्पतालले विभिन्न प्रलोभन देखाएर जबरजस्ती सम्झौता पत्रमा हस्ताक्षर गर्न लगाएको थियो । 

उनले अस्पतालले आफ्नो श्रीमानको मिर्गौला झिकेर बेचेको आरोपसमेत लगाइन् । रिमाल परिवारले अस्पताल स्रोतले डर र धम्की देखाएर ६ बुँदे सम्झौता गर्न बाध्य पारेको बताएको छ । अस्पतालले अप्रेसन गर्ने क्रममा मिर्गौलाबाट रक्तश्राप भएको र रक्तश्राप नियन्त्रण नभएपछि मिर्गौला निकालिएको हो भन्ने कुरा उल्लेख गरी सम्झौतापत्र बनाएको थियो । जसलाई पारिवारीक स्रोतले अज्ञानता र धम्कीका कारण हस्ताक्षर गरेको बताएको छ ।

प्रहरीले उजुरी दर्ता गर्न मानेन

जिल्ला प्रशासन कार्यालयले मनमोहन मेडिकल कलेजविरुद्ध उजुरी दर्ता गर्न नमानेको पीडित परिवारले बताएको छ । पत्थरीको अपरेसन गर्ने क्रममा मिर्गौला निकालिएकाले न्याय खोज्दै प्रहरी प्रशासनसम्म पुगेको रिमाल परिवारको उजुरी दर्ता गर्न प्रहरीले नमानेको हो । रिमाल परिवारका अनुसार आफुहरुलाई यस विषयमा कुनै जानकारी नभएको भन्दै उजुरी लिन नमानिएको हो । एमालनिकट अस्पताल भएकाले प्रहरीलाई ठूलै नेताको दबाब रहेको स्रोत बताउँछ ।

मनमोहन–एमाले कनेक्सन

पूर्वप्रधानमन्त्री एवं एमाले नेता स्व. मनमोहन अधिकारीको नामबाट खोलिएको मनमोहन मेडिकल कलेज एमालेकै नेताहरुको स्वार्थमा खोलिएको मेडिकल कलेज हो । यस मेडिकल कलेजमा लगानी गर्ने एमालेका नेताहरु नै संसदीय समितिका सदस्य छन् । जसकारण उनीहरुले यसअघि नै यसलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने विद्येयक ल्याएका थिए । 

यस मेडिकल कलेजमा लगानी गर्नेमध्ये २५ जना एमाले सांसद छन् । एमाले नेता राजेन्द्र पाण्डे अध्यक्ष र अर्का सांसद वंशीधर यसका प्रमुख प्रवद्र्धक हुन् । यसको सहकारीमा एमाले नेता माधवकुमार नेपाल, भरतमोहन अधिकारी, केदारप्रसाद सञ्जेल, आनन्दप्रसाद पोखरेल, गौरीप्रसाद कोइराला, आदित्य कसौधन, महेन्द्र पाण्डे, यच्छाराज तामाङ, चुडामणी जंगली, हरि उप्रेती, श्रीमाया थकाली, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे,सोमनाथ पाण्डे, पशुपति चौलागाईं, जनार्दन ढकाल, प्रकाश ज्वाला, केशव बडाल लगायतका नेताको लगानी छ ।

यसअघि चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमले मेडिकल कलेज सञ्चालनका लागि स्वीकृति नदिने भएपछि केपी ओली नेतृत्वको सरकारका पालामा चोर बाटोबाट सो विद्येयक संसदको महिला बालबालिका तथा जेष्ठ नागरिक समितिमा लगिएको थियो । जुन समितिमा एमाले सांसदकै हालिमुहाली छ । सो विद्येयक प्रचण्ड नेतृत्वको सरकारको पालामा फिर्ता ल्याइएको थियो । तर, एमाले पार्टीको बैठक नै बसेर विद्येयक फिर्ता लिने निर्णयको विरोध गरेको थियो ।

प्रध्यावक डा. गोविन्द केसी पनि सो विद्येयकको विरोधमा अनसन बसेका थिए ।मनमोहन–एमाले कनेक्सन पूर्वप्रधानमन्त्री एवं एमाले नेता स्व. मनमोहन अधिकारीको नामबाट खोलिएको मनमोहन मेडिकल कलेज एमालेकै नेताहरुको स्वार्थमा खोलिएको मेडिकल कलेज हो । यस मेडिकल कलेजमा लगानी गर्ने एमालेका नेताहरु नै संसदीय समितिका सदस्य छन् । जसकारण उनीहरुले यसअघि नै यसलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने विद्येयक ल्याएका थिए । 

यस मेडिकल कलेजमा लगानी गर्नेमध्ये २५ जना एमाले सांसद छन् । एमाले नेता राजेन्द्र पाण्डे अध्यक्ष र अर्का सांसद वंशीधर यसका प्रमुख प्रवद्र्धक हुन् । यसको सहकारीमा एमाले नेता माधवकुमार नेपाल, भरतमोहन अधिकारी, केदारप्रसाद सञ्जेल, आनन्दप्रसाद पोखरेल, गौरीप्रसाद कोइराला, आदित्य कसौधन, महेन्द्र पाण्डे, यच्छाराज तामाङ, चुडामणी जंगली, हरि उप्रेती, श्रीमाया थकाली, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे,सोमनाथ पाण्डे, पशुपति चौलागाईं, जनार्दन ढकाल, प्रकाश ज्वाला, केशव बडाल लगायतका नेताको लगानी छ । 

यसअघि चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमले मेडिकल कलेज सञ्चालनका लागि स्वीकृति नदिने भएपछि केपी ओली नेतृत्वको सरकारका पालामा चोर बाटोबाट सो विद्येयक संसदको महिला बालबालिका तथा जेष्ठ नागरिक समितिमा लगिएको थियो । जुन समितिमा एमाले सांसदकै हालिमुहाली छ । सो विद्येयक प्रचण्ड नेतृत्वको सरकारको पालामा फिर्ता ल्याइएको थियो । तर, एमाले पार्टीको बैठक नै बसेर विद्येयक फिर्ता लिने निर्णयको विरोध गरेको थियो । प्रध्यावक डा. गोविन्द केसी पनि सो विद्येयकको विरोधमा अनसन बसेका थिए । काठमाडौं टुडेमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

Loading...