खुमबहादुरदेखि आरजुसम्मलाई भागवण्डा, कांग्रेसबाट नयाँ मन्त्री बन्नेको सूची यस्तो छ…


काठमाडौं । 

विस्तार हुन लागेको मन्त्रीपरिषद्मा कांग्रेसबाट सहभागी हुने नयाँ मन्त्रीको नाम टुङ्गो लागेको सो दलको विशेष स्रोतले जानकारी दिएको छ । 

प्रधानमन्त्री रहेका कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्रका विभिन्न गुटका नेताहरुको चित्त बुझाउने गरी नयाँ मन्त्रीहरुको नाम तयार पारेका छन् ।

पार्टीको ठूलो गुट रामचन्द्र पौडेलका तर्फबाट रामकृष्ण यादव, सरिता प्रसाई, बलबहादुर केसी र बद्री पाण्डे मन्त्री बन्ने निश्चित भएको छ । केसीको ठाउँमा अन्य व्यक्तिलाई पठाउने कि भन्ने विषयमा पौडेलले आन्तरिक परामर्श गरिरहेका छन् ।

देउवाले आफ्नातर्फबाट फर्मुल्लाह मन्सुर, मदन अमात्य र अमृत अर्याललाई मन्त्री बनाउने भएका छन् भने एक मन्त्री पत्नी आरजुको सिफारिशमा बनाउने योजनामा छन् । आरजुको सिफारिशमा प्रकाशशरण महत पुनः मन्त्री बन्ने सम्भावना देखिएको देउवा निकट स्रोत बताउँछ । तर, अारजुकाे खल्तीमा कुनै महिलालाई मन्त्री बनाउने नाम रहेकाे समेत स्राेत बताउँछ । कतै त्याे नाम अारजु अाफ्नै त हाेइन भन्ने अडकल कांग्रेस नेताहरुले गरेका छन् ।

देउवाले नेता खुमबहादुर खडकाको भागवण्डामा समेत एक मन्त्री दिने भएका छन् । खडकाले आफ्नोतर्फबाट मोहन वस्नेतको नाम देउवालाई बुझाएका छन् । कांग्रेसमा तेस्रो गुटका रुपमा रहेको सिटौला गुटले एक मन्त्रालय पाउने भएको छ । सिटौलाले आफ्नो भागवण्डामा परेको मन्त्रालयका लागि भिमसेनदास प्रधानको नाम दिएका छन् । प्रधानले सिँचाइ मन्त्रालय सम्हाल्ने जनाइएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...