एनएमबी बैंकले संचालन ग¥यो एनएमबि एकेडेमी

  • काठमाडौं ।
एनएमबी बैंकले आव २/७४÷७५ को सुरुवातसँगै आफ्नो आन्तरिक प्रशिक्षण केन्द्र एनएमबी एकेडेमीको थालनी गरेको छ । 

बैंकका कर्मचारीहरुलाई उत्कृष्ट प्रशिक्षणको वातावरण तयार गरी भविष्यमा आइपर्ने सबै प्रकारका चुनौतीहरुको सामना गर्न सक्षम बनाउने उदेश्यले एकेडेमीको सुरुवात गरिएको बैंकले जनाएको छ ।

एनएमबी एकेडेमीको स्थापनाबाट बैंकको जनशक्ति अझै सक्षम र उनिहरूलार्इ उत्कृष्ट प्रशिक्षणको अवसर एवं सीप प्रदान गरेर कार्य दक्षता अभिवृद्धि गर्न सहयोग प’¥याउने रहेको एनएमबि बैंकका कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिएका छन् ।

“यो आफ्नै प्रकारको पहिलो प्रयास, हो बैंकिङ्ग क्षेत्रमा आफ्नै आन्तरिक प्रशिक्षण केन्द्रको सुविधा संचालन गर्ने संम्भवत् एनएमबि पहिलो बैंक हो। एनएमबी एकेडेमी संचालन हाम्रो सफलताको एक अर्को कोसेढुँगा साबित भएको छ ।' एकेडेमीको उद्घाटन गर्दै बैंकका कार्यकारी अधिकृत केसीले भने ।

प्रतिकृया दिनुहोस्

Loading...