आइतबारबाट गुर्जुधारामा प्रभु बैंकको नयाँ शाखा सञ्चालन

  • काठमाडौँ । 

काठमाडौंको गुर्जुधारामा प्रभु बैंकको नयाँ शाखा कार्यालय सञ्चालन भएको छ । आइतबार सांसद राजेन्द कुमार केसीले शाखा कार्यालय सञ्चालनमा आएको छ ।

बैंकले उपत्यका भित्रका बैंकिङ्गको पहुँच नपुगेको स्थानमा सम्पूर्ण बैंकिङ्ग सुविधासहितको अत्याधुनिक शाखा स्थापना गरिएको हो । उक्त शाखामार्फत काठमाडौं क्षेत्र नं. १० का उद्योगी, व्यवसायी, शैक्षिक संस्था, स्वास्थ्य संस्थालगायत सर्वसाधारणले बचत,कर्जासँगै अन्य बैंकिङ्ग

सुविधाहरु सरल र सहजरुपमा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ ।

कार्यक्रममा बैंकका अध्यक्ष, सुरक्षा निकायका प्रमुख, स्थानीय व्यवसायी लगायतको उपस्थिति रहेको प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए । 

२०७४ साउन ८ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस्

Loading...