युद्ध पत्रकार बोहरा गाउँपालिका अध्यक्षमा निर्वाचित


अछाम । 

मेल्लेख गाउँपालिकाको अध्यक्षमा पत्रकार लोकबहादुर बोहरा ‘ज्वाला निर्वाचित भएका छन् । माओवादी केन्द्र, काँग्रेस गठबन्धनका उम्मेदवार बोहराले नेकपा एमालेका डम्बर नेपालीलाई ५१६ मतले पराजित गरेका हुन् । बोहराले ४ हजार ५ सय ८ मत ल्याउँदा नेपालीले ३ हजार ९ सय ९२ मत ल्याए ।

यस्तै उपाअध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका धनबहादुर शाहले ४ हजार ४ सय ८ मत ल्याएका छन् भने, एमालेबाट उपाध्यक्ष पदका उमेद्वार समिता महर साउदले ४ हजार २ सय मत ल्याएकी छन् । शाहले महरलाई ४ सय ६ मतले पछि पार्दै उप प्रमुखमा बाजी मारेका हुन् ।

नवनिर्वाचित अध्यक्ष बोहरा जनयुद्धका युद्ध पत्रकार हुन् । उनले जनादेशबाट पत्रकारिता सुरु गरेका थिए । जनयुद्धको क्रममा जनादेशको पश्चिम संस्करणमा काम गरेका बोहरा हाल ‘हाम्रो मुक्ति यात्रा राष्ट्रिय मासिकका सम्पादक समेत छन् ।

२०७४ असार १८ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...