मै पनि एमाले भन्दै गीत गाउने बद्री पंगेनीको वडामै एमाले चैट् भएपछि…भिडियोसहित

  • पाल्पा । 

स्थानीय तहको चुनावका लागि नेकपा एमालेले एउटा गीत बनाएको थियो ।

हजुरबाले भन्नुहुन्छ सूर्यमा भोट हाल्ने 
हजुरआमा भन्नुहुन्छ, एमाले हो पाल्ने ।। 
भोट हाल्न लाहुरबाट आउछु भन्छन दाइले । 
एमालेकै झन्डा बोकी हिँडेको छ भाइले । 
भोट केमा सूर्यमा, भन्छन् आमा बाले । 
सहि पनि एमाले मै पनि एमाले ।

गाउँशहर जतातजै एमालेले यहि गीत घन्कायो । गीतको प्रभावले नै कतिपय ठाउँमा एमालेले मत बटुलेको पनि थियो । फेसबुकसहित सामाजिक सञ्जाल र युट्युवमा मात्र होइन एमालेका नेता तथा कार्यकर्ताको मोबाइलमा पनि यहि गीत घन्कन्थ्यो भने एमालेका हरेक ठूला सभामा यो गीत गाउने गरिन्थ्यो । 

त्यो गीत गाउन मञ्चमा लोकगायक बद्री पंगेनी उक्लिने गर्थे । उनी यो गीतका गायक पनि भएकाले धेरैले पंगीनीलाई एमाले नै ठान्छन् । तर पंगेनीले भने आफू एमाले हुँ भनेर खुलेका छैनन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...