कोरियन भाषा परीक्षाको रिजल्ट बुधबार विहान सार्वजनिक हुदै

  • काठमाडौं । 
रोजगार अनुमति प्रणाली (ईपीएस) कोरियन भाषा परीक्षाको नतिजा भोलि विहान सार्वजनिक हुने भएको छ ।

वैदेशिक रोजगार विभाग अन्तरवगतको ईपीएस कोरिया शाखाकाका अनुसार बुधबार विहान १० बजे नतिजा सार्वजनिक हुने भएको छ ।

छुटेका विद्यार्थीलाई परीक्षामा सहभागी गराएका कारण असार १६ गते नतिजा प्रकाशित भएको थिएन ।

सार्वजनिक भएको नतिजा ईपीएस कोरिया शाखा, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग र कोरिया सरकारको आधिकारिक वेबसाइटबाट हेर्न सकिने छ ।

कुल १० हजार २ सयको लागि झण्डै ६८ हजारभन्दा बढीले कोरियन भाषा परीक्षा दिएका छन् । पास हुने कामदारहरुको आगामी फेब्ररीमा मेडिकल जाँच लगायतका प्रक्रिया सुरु हुनेछ ।

,

प्रतिकृया दिनुहोस्

Loading...