गुल्मी पुगेर ओलीले यसरि उडाए प्रचण्ड र बाबुरामको खिल्ली.. (हेर्नुहोस् भिडीयोसहित)

  • गुल्मी । 
एमाले अध्यक्ष केपी ओलीले  प्रचण्ड नेतृत्वको माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिको खिल्ली उडाएका छन् ।

दोश्रो चरणको निर्वाचनमा विजयी भएका उम्मेद्वारको विजयी सभालाई सम्वोधन गर्न गुल्मी पुगेका ओलीले व्यंग्यात्मक रुपमा नयाँ शक्तिलाई 'जनशक्ति' समेत भने ।

हालसम्म १ सय ९६ स्थानको परिणाम आउँदा एमालेले ९१ सिट जितेको बताउदै ओलीले भने - ‘नेपाली काँग्रेस पुरानो पार्टी पछिपछि आइरहेको छ, ७५ सिट ल्याएको छ । माओवादीले पनि उधुमै ल्याको छ १९ सिट पुर्याएको छ । जनशक्ति के नयाँशक्ति क्या हो ? नयाँशक्ति फोरम, उसले २ सिट जितेको छ ।'

ओलीले नेपालका मिडियाले सुरुवाती अवस्थाका मतपरिणाम हेरेर एमाले अत्तालिएको भन्ने समाचार प्रकाशित गरेको कुरालाई पनि भन्न भ्याए।

उनले भने ‘हिजो अखबार हेर्नुभयो होला, गिन्ती शुरु हुनेबित्तिकै अखबारमा खबर आयो, शुरुमै एमालेलाई धक्का, केपी ओली चिन्तित मुद्रामा । एउटा कुरा म भन्न चाहन्छु नेकपा एमाले कुनै जीतबाट खुसी भएर उत्ताउलिएर केटाकेटीलाई दशैँ आएजस्तो आँगनमा नाच्ने पार्टी होइन । दुई चार ठाउँमा हार्यो भने पनि आत्तिने पार्टी होइन, फेरि अगाडि बढ्ने पार्टी हो ।’

,

प्रतिकृया दिनुहोस्

Loading...