जुवाखालबाट पैसासहित पक्राउ परेका चर्चित गायक बद्री पंगेनी धरौटीमा रिहा..

  • काठमाडौं ।

मजुवाखालबाट पैसासहित पक्राउ परेका चर्चित लोकगायक बद्री पंगेनी रिहा भएका छन् । 

महाराजगञ्ज प्रहरीले मंगलबार राति बाँसबारीमा जुवाखालमा छापा मार्दा पंगेनीसहित ११ जना पक्राउ गरेका थिए । उनि बुधबार दिउसो जिल्ला प्रशासन कार्यालयबाट धरौटीमा रिहा भएको महाराजगञ्ज प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट २ लाख समेत बरामद भएको थियो । तर, पंगेनी कलाकार समेत भएको भन्दै प्रहरीले केही बताउन नचाहे पनि खबर भाइरल बन्यो। 

जुवा खेलेको हेर्न जादाँ आफू पक्राउ परेको पंगेनीले बताए पनि उनका निकटस्थहरुले भने पंगेनी लामो समयदेखि यस्तै कार्यमा संलग्न हुदै आएको जानकारी दिएका छन् । 

गायक पंगेनी काठमाडौका अधिकांश क्यासिनोका पनि ग्राहक बनेर जाने गरेको उनि निकटस्थहरुको भनाई छ । 
उनी अहिले काठमाडौको धापासीमा रहेको ससुरालीमा बस्दै आएका छन् । पंगेनी लोकदोहोरी गित प्रतिष्ठानका अध्यक्ष समेत हुन । अध्यक्ष रहेको प्रतिष्ठानको बैठक अहिले उनको उपस्थीति विना बस्न लागि रहेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...