जग्गा प्लटिङवालाहरुको यस्तो कर्तुत, पिडित गोलेमाथि चक्कु प्रहार गरेको खुलास (भिडियोसहित)

  • काठमाडौँ ।
इन्द्रायणी जग्गा प्लटिङ काण्डका दलालहरुको ठगि धन्दाबारे निरन्तर फलोअप गर्ने क्रममा इमान्दार मिडियाले फेरी अर्को गम्भीर तथ्य फेला पारेको छ ।

आफ्नो धन्दाको बचाउ गर्न अनेक चाल चाल्न माहिर दलालहरुले आफ्नै समहकी सहकर्मी टिकामाया गोलेलाई चक्कु प्रहार समेत गरेको खुलासा भएको छ। 

प्लटिङवालाले आफ्नै समुहकि एक जना महिलालाई उनले लगानी गरेको सावा र प्लटिङ गरी जग्गा बिर्की भए वापत पाउने नाफा रकमको माग गर्दा समुहका २ जना प्रेम तामाङ (वाइवा) र सानु योन्जन र आफ्नो श्रीमानले  चक्कु प्रहार गरेको टिकामायाले आरोप लगाइन ।

इमान्दार मिडियालाई प्राप्त भिडियोमा टिकामाया गोलेले आफ्ना श्रीमान, नन्द ज्वाई सानु योन्जन र जग्गा दलाल प्रेम तामाङ (वाइवा)ले आफ्नो छातीमा चक्कु प्रहार गरेको बताएकी छन् ।

टिकामायाले यस्तो अभिव्यक्ति दिएको भिडियो बाहिर आएसंगै जग्गा प्लटिङ गरी बेच बिखन गर्दै नाफा कमाइरहेको उक्त समुहले हदैसम्मको सामाजिक अपराध गरेको खुलेको हो ।

चक्कु प्रहारबाट काटिएको घाउ देखाउदै टिकामाया
पीडित टिकामाया गोलेले आफुले लगानी गरेको सावाका अलावा ४८ लाख नाफा पाउनुपर्ने दाबी गर्दै उक्त प्लटिङवाला समूहसंग आफ्नो रकम माग्दा यस्तो चक्कु प्रहार सम्मको हर्कत गरेको कुरा बाहिर आएको हो। 

टिकामायाँका अनुसार सावा ४५ लाख उक्त प्लटिङवाला टीमलाई बुझाएकी थिइन् । उक्त रकमको हिसाबकिताब माग्न खोज्दा प्लटिङसमुहले उल्टैआफुलाई कुटपिट गर्ने र चक्कु प्रहार गर्ने गरेको बताइन्।

गोलेले जग्गा दलालहरुको समुहले आफुलाई सोझो अनपढ र महिला देखेर दुख दिनसम्म दिएको, शक्ति र पहुचका आधारमा आफुलाई अन्यायमा पारिरहेको पीडा पोखेकी छन् । 

इमान्दार मिडियाले उनीहरुको ठगि धन्दाबारे समाचार प्रकाशित गरेपछि पिडितलाई न्याय दिनुको सट्टा आफै पीडित बिरुद्ध बौद्ध प्रहरीमा उजुरी गर्न पुगेको समाचार हामीले यस अघि नै प्रकाशित गरिसकेका छौ । 

यो बिषयमा प्लटिङवाला समुहसंग बुझ्न खोज्दा सानु योन्जनले टिकामाया गोले आफैले आफुलाई चक्कु प्रहार गरेको हास्यास्पद अभिव्यक्ति दिए।

त्यस्तै उक्त समुहकै घ्याल्सिंङ लामाले पनि टिका मायाले आफै चक्कु प्रहार गरेको भन्ने खबर मात्र आफुले पाएको र यसबारे आफुलाई थप केही जानकारी नभएको बताए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...