बाग्लुङमा जीप दुर्घटना: गाउँपालिका प्राविधिकसहित ४ जनाको मृत्यु, ६ घाइते

  • बाग्लुङ ।

बाग्लुङको बडीगाड गाउँपालिकाको लेउसेनी गैरामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

बडीगाड–८ को घोरघोरेबाट ग्वालीचौर तर्फ झर्दै गरेको ध १ च १८४ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । दुर्घटनामा परि ६ जना घाइते भएका छन् ।

दुर्घटनमा परि ज्यान गुमाउनेहरुमा सोही गाउँपालिकाको कार्यालयका प्राविधिक होमन काउचा, चालक तुलबहादुर पुन, बडीगाड–५ का मुक्तबहादुर पाइजा, सोही वडाका नारायण शेरभुजा रहेको प्रहरीले जनाएको छ ।

घाइते ६ जनाकै उपाचारका लागि हेलिकप्टर मार्फत काठमाडौं पठाउने तयारी भइरहेको स्थानीय समाजसेवी कृष्णबहादुर घिमिरेले जानकारी दिए । उनका अनुसार जीप सडकबाट करिब दुईसय मिटर तल खसेर दुर्घटना भएको हो ।

ओरालो झर्दे गर्दा गाडी चिप्लिएपछि गाडी धनीले ओट लगाउन खोज्दा ओट नाघेर जीप भिरमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । घ

टनास्थल मध्यपहाडी लोकमार्गको ग्वालीचौरदेखि केही माथि भएपनि वर्षातका बेला ठाउँ ठाउँमा सडक अवरुद्ध भएका कारण उद्धारमा समस्या भएको स्थानीयले बताएका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...