माओवादीहरु दार्जलिङ पसेको खबरले बङ्गालदेखि नयाँदिल्लीसम्म भूकम्प...

  • काठमाडौँ । 
गोर्खाल्याण्डको माग गर्दै नेपालीभाषीको आन्दोलन झन्झन् चर्कर्दै जाँदा भारतीय संचारमाध्यमहरुले आन्दोलन भड्काउने खालका समाचार सम्प्रेषण गरिरहोका छन् । अनावश्यक र झुठोसमाचार सम्प्रेषण गरेर उनीहरु सरकारलाई दमन बढाउन झन् उक्साइरहेका छन् । 

हिन्दुस्तान टाइम र टाइम्स अफ इन्डियाले गोर्खा जनमुक्ति सेनाले तोडफोडको लागि नेपालबाट २५–३० जना माओवादीहरु ल्याएको बताएका छन् । पश्चिम बंगालका उच्च अधिकारीको हवाला दिँदै उक्त समाचार सम्प्रेशण गरिएको छ ।

त्यसैगरी भारतीय टेलिभिजन ‘आजतक’ ले गोर्खा जनमुक्ति मोर्चाले सशस्त्र संघर्षको लागि धेरै पहिलाबाट गोलाबारुद जम्मा गरेको बताउँदै माओवादी शैलीमा प्रहरीमाथि आक्रमण गरेर हतियार लुटेको बताएको छ ।

पश्चिम बङ्गालको माओवादी प्रभावित क्षेत्र ‘जङ्गलमहल’ मा २००९ देखि २०१२ सम्म अपरेसन विङमा काम गरेका अनुभवी आइपिएस अधिकारीहरूलाई दार्जिलिङ क्षेत्रमा पठाएको समाचारमा उल्लेख गरिएको छ ।

उता गोर्खा जनमुक्ति मोर्चाले नेपालका र भारतको कुनै पनि संगठनसँग अाफूहरुको कुनै सम्बन्ध नभएको भन्दै समाचारको खण्डन गरेको छ । उसले गोर्खाल्याण्डको लागि अाफूहरुले अान्दोलन गरेको बताएको छ ।

भारतीय संचारमाध्यमहरुले सरकारलाई दमन गर्न सजिलो हुने गरी झुटो समाचार सम्प्रेशण गरेपनि यसको प्रभाव भारतभर परेको छ । यहि समचारकै कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तनावमा परेका छन् ।

२०७४ साउन ९ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...