निर्माता सुनिल रावलले अभिनेत्री श्रेष्ठलाई भने- तिमी यौवन देऊ, म फिल्म दिन्छु !

  • काठमाडौं।
‘सायद २’ फिल्म फ्लप भएपनि यो साता निर्माता सुनिल रावल र अभिनेत्री स्यारोन श्रेष्ठ विख्यात भए । रावलले अभिनेत्री श्रेष्ठले आफ्नो एक करोड डुवाआएको आरोप लगाएका थिए तर त्यसको प्रत्युत्तरमा आफ्ना वैयक्तिक समस्या अगाडी सार्दै अभिनेत्रीले पत्रकारसँग भनिन्,‘उनले मलाई प्रेमिका बन्न प्रस्ताव गरे ।’

यो चर्चाको रावलले खण्डन गरे । तर, हावा नचली पात हल्लिँदैन भनेजस्तो नेपाली मिडियामा चर्चा कम भएन । विश्वभर चर्चामा रहेको ‘कास्टिङ काउच’का विम्बहरू नेपाली फिल्म उद्योगमा देखा परेका छन् । ‘सायद २’ प्रकरण एउटा पछिल्लो संस्करण मात्र हो ।

अपवाद बाहेक नेपाली फिल्म उद्योगमा अक्सर निर्माता÷निर्देशकहरू अभिनेत्रीसँग फिल्मको वदला उनको यौवन माग गर्छन् । व्यावसायीक फिल्मका कुरा गरेपनि नयाँ पुस्तालाई अभिनयमा ल्याउने बाहनामा चलेकै निर्माता निर्देशकले पनि यस्तो प्रस्ताव राख्ने गरेको खुलासा हुन थालेको छ । ‘फिल्म क्षेत्रमा चलेका भनौ या नयाँ निर्माता र निर्देशकको नियत कता–कता यस्तै देखिन्छ, यस्ता प्रस्ताव आउनु परम्परागत चल्तीजस्तो भएको छ’, एकजना अभिनेत्रीले भनिन्,‘अलिकति खुल्ला मनले व्यवाहार गर्नासाथ निर्माता÷निर्देशकको असली नियत देखिन्छ ।’

पव्लिसिटी र पैसा दुवैको भरपूर प्रयोग हुने भएकाले पनि मिडिया क्षेत्रको फिल्मनगरीमा यौन ‘ओपन सेक्रेट’ विषय बनिसकेको छ । कतिपय अभिनेत्रीहरूले फिल्म पाउने अवसरमा आएका यस्ता हल्लालाई सावित गर्ने प्रयत्न पनि गरेकै छन् । यस्ता प्रस्तावबाट बनेका सम्बन्धहरू भत्काएर पनि चर्चामा रही आएका छन् ।

रङ्गिन दुनियाँमा नाम र दामको पछाडी लागेका युवतीहरू अक्सर कास्टिङ काउचको शिकार हुने गरेका छन् । पर्दाभित्रका खेलाडीहरूले यस्तो प्रस्ताव गरेका उदाहरण सामाजिक सञ्जाल र मिडियामा व्यापक हुने गरेका छन्। 

केही महिनाअघि ‘बिर्खेलाई चिन्छस्’ भन्ने फिल्मकी अभिनेत्री आयुषा राईले एकजना म्युजिक भिडियो निर्देशक शिशिर कोइरालाले ‘म मौका दिन्छु, तिमी यौवन देऊ’ भन्ने शैलीले आफुलाई प्रस्ताव गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा च्याटसहितको तस्बिर राखेर खुलासा गरिन् । यसले नेपाली फिल्म उद्योगमा कास्टिङ काउचको प्रयत्न निक्कै तेज गतिमा हुने गरेको सावित गरेको थियो ।

‘यो क्षेत्रमा संघर्ष गरिरहेका युवतीका लागि निक्कै चुनौति छ । स्थापित कतिपय निर्माता, निर्देशक, कलाकारले पनि सुत्ने प्रस्ताव गरेकै हुन्छन्’, एकजना नवअभिनेत्रीले भनिन्,‘यो असामान्य प्रस्तावलाई लगानी गरेको र पर्दामा ल्याउने बाहनामा अति सामान्य बनाउने कोशिश भएको छ ।’

‘मैले कुनै ठूलो इस्यु बनाउन त्यसो गरेकी थिइनँ । यहाँ काम गर्ने महिला कलाकारहरूमाथि हुने दुव्र्यवहार मैले पनि भोगें अनि सबैलाई सजग गराउन र उसलाई सबक सिकाउन मैले उक्त स्टाटस अपडेट गरेकी थिएँ, तर यो यत्रो इस्यु बन्छ भन्ने थिएन,’ आयुषाले नै त्यसबेला कतिपय मिडियामा भनेकी थिइन्,‘यस्तो खुलासा गर्नु स्वभाविक ठानें ।’

बलिउडमा समेत चल्ने कास्टिङ काउचको समस्या नेपालमा झनै व्यापक रहेको धेरैले मानेका छन् । कतिपय खुलासा गर्छन् भने कतिपयले यस्तो सम्बन्ध स्थापित गराएरै पर्दामा आफूलाई उभ्याउन सफल भएका छन् । फिल्मी दुनियाँमा छिरेका युवती सवै एकैप्रकारका नभएपनि कतिपयले सम्बन्ध स्थापित गराएर अवसरको उपयोग पनि गरेका छन् । जति विषय खुलासा हुन्छन् त्यसमा सम्बन्धित पीडकको स्वभाविक प्रतिक्रिया हुन्छ,‘यो मलाई फँसाउने षडयन्त्र हो ।’

कुरा जे भए पनि यो घटनापछि नेपाली चलचित्रमा महिलाहरू कति सुरक्षित छन् ? बहसको विषय भएको छ ।

कतिपय हिरोइनहरूले यस्ता प्रस्ताव आइरहने सांकेतिक उत्तर मिडियामार्फत नै दिएका छन् । अभिनेत्री अशिष्मा नकर्मीले एउटा मनोरञ्जनात्मक साप्ताहिक पत्रिकासँग भनेकी थिइन्,‘यहाँ कसैसँग बोल्न पनि डराउनु पर्ने स्थिति छ । 

कसको मनमा के हुन्छ ? कसरी थाहा पाउने ? दुई÷चार कुरा राम्रोसँग गरेको खण्डमा उसले बदनियतले हेरिरहेको हुनसक्छ ।’ हात मिलाएको र अँगालो मारेको भरमा फलानो महिला कलाकारसँग मेरो अन्तरंग सम्बन्ध छ भनेर धाक जमाउनेहरू व्यापक रहेको पनि उनले खुलासा गरिन् ।

रेखा थापाले हिजोका दिनमा पनि महिला कलाकारमाथि दुव्र्यवहार हुने गरेको तर उनीहरूले त्यसलाई चुपचाप सहँदै आएको कुरा बताएकी छिन् । उनीहरू त्यसका बारेमा केही बोल्दैनथे भन्दै रेखाले ‘उति बेला उनीहरू आफ्नो बदनामीको डरले गुम्सिएर बसेका थिए । अहिलेको पुस्ता धेरै सचेत छ । उनीहरू आफूमाथिको दुव्र्यवहार सहन सक्दैनन् बरू डटेर त्यसको मुकाबला गर्छन् । आयुषाको केस पनि त्यस्तै हो । उनले गरेको हिम्मतलाई म स्यालुट गर्छु ।’ भनेकी छिन् ।

चलचित्रको भाषामा ‘कास्टिङ’ (पात्रको निर्धारण) र काउच (सोफा वा आरामदायक शैया) हो । चलचित्रमा पात्र चयनका क्रममा कुनै पुरूष (निर्माता, निर्देशक, कास्टिङ डाइरेक्टर) ले नवप्रवेशी महिला कलाकारसँग यौन क्रियाकलाप गर्ने चाहना राख्छ वा त्यस्ता गतिविधिमा संलग्न भए मात्र पात्रका रूपमा चयन गर्ने कुरा गर्छ भने त्यस्तो कार्यलाई ‘कास्टिङ काउच’ भनिन्छ ।

‘नेपाली उद्योग उकालो नलाग्नुका पछाडी सृजनात्मक कामभन्दा पनि व्यक्तिगत स्वार्थ बढि देखिन्छ । यस्ता घटना सत्य हुन् वा हल्ला भन्ने विषयको निक्र्यौल हुनुपर्छ, कतिपयको आरोप लगाएर उम्किने बानी पनि हुन्छ ।’, निर्माता भानु प्रताप भन्छन्,‘तर, एउटा उद्योगमा महिलाहिंसा नै हुन्छ भने त्यसको न्युनिकरण र निराकरण आवश्यक छ । तथ्यको सतहसम्म पुगेरै निराकरण हुनुपर्छ ।’

कतिपय अवस्थामा भने रङ्गीन दुनियाँमा आउन जे पनि गर्न तयार छु भन्ने अभिनेत्रीहरूको चरित्रकै कारणले पनि नेपाली फिल्म उद्योगमा नकारात्मक छवि हावी हुन थालेको छ । खासगरी नाङ्गीएर तस्बिर हाल्ने, च्याटमा एउटा मौकाका लागि जहाँ पनि जाने, जे पनि गर्ने युवतीहरूको पनि कमी छैन । कतिपयले भने प्रेम सम्बन्ध स्थापित गरेर अवसर लिने र आफू हावी भएपछि त्यस्ता सम्बन्धलाई प्रोपोगान्डा बनाउने चलन पनि फिल्म उद्योगमा कम छैन ।

२०७४ साउन ९ गते प्रकाशित

साझा पोस्टबाट

,

प्रतिकृया दिनुहोस्

Loading...