निजी प्राबिधिक सिक्षालय महासंघको नेपालको अध्यक्षमा शैलेन्द्र मोहन निर्विरोध
- काठमाडौं ।
त्यस्तै बरिष्ठ उपाध्यक्षमा बसन्त खनाल उपाध्यक्षहरुमा भगवान झा, उपेन्द्रकुमार सिंह, राम प्रसाद पौडेल, नीलकण्ठ काफ्ले, अरुण पाण्डे र धर्मराज गिठी रहेका छन् ।
महासंघ नेपालको महासचिवमा दुर्गा प्रसाद भुसाल तथा सचिवमा भुवनचक्र जोशी चयन भएका छन् भने कोषाध्यक्षमा भैरव बहादुर बोहरा, सहकोषाध्यक्षमा सिन्दु मल्ल, सदस्यहरुमा रमेश कुमार थापा, दुर्लव थापा, डा श्याम साह, मालती बस्नेत, प्रमोद यादव, डा पुरन बज्राचार्य, सिपि शर्मा, गंगा शर्मा र लक्ष्मी अधिकारी चयन भएका छन् ।
'सिटिइभिटिले टिएसएसलसी विद्यालयहरूलार्इ जुन व्यवहार गरेकाे छ त्यसलाई चिरफार गर्दै उसले आफु खुसि लाद्न खोजेको निर्णयहरुप्रति पनि हाम्रो असहमति छ ।' अध्यक्ष झाले इमान्दार मिडियासँग भने - ' यस्ता निर्णयबिरुद्ध जुनसुकै संघर्ष गर्न हामी तयार छौं र सम्पुर्ण विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न हाम्राे टीमको अहम भूमिका रहने छ। त्यसका लागी हाम्राे टीम सक्षम पनि छ।'
निजी प्राबिधिक सिक्षालय महासंघमा सिटीइभीटि अन्तर्गतका करीब ४ सयबढी टिएसएसलसी (TSLC) कलेजहरु आबद्ध रहेको नबनिर्वाचित सचित भुवनचक्र जोशीले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...