बुटवलमा वडा नम्बर १ देखि ८ सम्म काँग्रेस-माओवादी निल !

  • वुटवल। 

बुटवल उपमहानगरपालिकामा वडा नम्बर १ देखि ८ सम्म मतगणना हुँदा नेकपा एमालेले एकलौटी जित हासिल गरेको छ ।  काँग्रेस र माओवादी केन्द्रले अहिलेसम्म खाता खोल्न पनि सकेका छैनन ।

वडा नम्बर ८ को मतगणना सकिदसम्ममा एमालेको एकलौटी प्यानल विजयी भएको छ । वडा नम्बर ८ को अध्यक्षमाकांग्रेसका राधेश्याम राजभण्डारीलाई हराउदै एमालेका भिमबहादुर श्रेष्ठ १५ सय २६ मत ल्याएर विजयी भएका छन् । 

मेयर र उपमेयरमा भने काँग्रेस माओवादी गठबन्धनले एमालेलाई टक्कर दिइरहेको छ । ताजा मतपरिणम एमालेलाई ९ हजार ५ सय ३० मत पाप्त भएको छ भने गठबन्धनले ८ हजार ७ सय ८६ मत प्राप्त गरेको छ । उपमेयरमा पनि एमालेलेनै अग्रता लिइरहेको छ । 

करिब ५० हजार मत खसेको भनिएको बुटवलमा हालसम्म २० हजार मत मात्र गणना भएको छ । वडा नम्बर १ मा एक जना महिला सदस्य बाहेक वडाको नेतृत्वमा अहिलेसम्म काँग्रेस, माओवादी र संघीय समाजवादीको गठबन्धन निल छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...