देउवा सरकारको जनार्दन गृह प्रशासनलाई कम्युनिष्ट नेता प्रकाण्डले दिए यस्तो चेतावनी !
![](https://2.bp.blogspot.com/-x7CU7GQ4m38/WWT3KtWNQ_I/AAAAAAAASio/cNCvQQBQODIKTFJrWQzxjUgTt4sGJGswQCLcBGAs/s1600/prakand.png)
- काठमाडौं ।
मंगलबार साँझ नेकपाका प्रवक्ता प्रकाण्डले एक प्रेस विज्ञप्ति जारी गर्दै बिनाकारण गिरफ्तार गरी बन्दी बनाई झुठा मुद्दा लगाइएका आफ्ना नेता कार्यकर्तालाई रिहा गर्नुको साटो नेपाल बन्दमा सहभागी नेता कार्यकर्तालाई गैरकानूनी रुपमा अन्धधुन्दा गिरफ्तार गरेको भन्दै भत्सर्ना गरेका छन् ।
‘देउवा सरकारले पूर्वगिरफ्तार केन्द्रीय सदस्य क.सुमन, झापाका सेक्रेटरी क.तारा थापा लगायत एक दर्जन नेता कार्यकर्तालाई रिहा गर्नुको सट्टा आज बन्दको क्रममा पार्टी पीबीएम अनिल शर्मा ‘विरही’, केन्द्रीय सदस्य मकर गुरुङ, विद्यार्थी नेता पूर्णबहादुर सिंहलगायत देशैभरिबाट दर्जनौं कार्यकर्ताहरु गिरफ्तार गरिएको छ । उक्त गिरफ्तारी देउवा सरकारको जनार्दन गृह प्रशासनको निरंकुशताको पराकाष्ठ भएको कुरा नेपाली जनता सामु उदाङ्गिएकोे छ । सरकारको गैरकानूनी एवं अप्रजातान्त्रिक धरपकड र गिरफ्तारीको पार्टी घोर निन्दा एवं भ्रत्सना गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।
साथै ‘गिरफ्तार गरिएका पार्टी नेता र कार्यकर्ताहरुको विना सर्त तुरुन्त रिहाको जोडदार माग गर्दछ । रिहा गरिएन र थप षड्यन्त्र गर्न सरकार उद्धत भयो भने संघर्षको कडा कार्यक्रम घोषणा गर्न पार्टी वाध्य हुनेछ । त्यसको सम्पूर्ण जिम्मेवारी देउवा सरकारको जनार्दन गृह प्रशासनले लिनु पर्नेछ’ प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पार्टीले घोषणा गरेको मंगलबारको बन्द सफलतापूर्वक कार्यान्वयन भएको उल्लेख गर्दै विज्ञप्तिमा ‘आजको नेपाल बन्द मुद्दाको राष्ट्रियकरण र कार्यक्रमको कार्यान्वयनको दृष्टिले सफल रहेको छ । उक्त सफलताको निम्ति संघर्ष र योगदान गर्ने सिङ्गो पार्टी पंक्ति एवं आम नेपाली जनतामा पार्टी आभार सहित हार्दिक धन्यवाद व्यक्त गर्दछ’भनिएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...