मासु खाने मुडमा हुनुहुन्छ ? सावधान ! कुखुराको मासुमा भेटियो यस्तो खराबी...

  • काठमाडौं ।
नियमित बजार अनुगमनका क्रममा गोँगबुमा रहेको दुई मासु पसलबाट ३२ किलो खान अयोग्य मासु नष्ट गरिएको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आज गरेको अनुगमनका क्रममा गोँगबुमा रहेको ओम के फ्रेस मिट हाउसबाट १७ किलो र तनहुँ एण्ड धादिङ मासु पसलबाट १५ किलो खान अयोग्य कुखुराको मासु नष्ट गरिएको हो ।

अनुगमनका क्रममा दुवैै पसलले व्यवसाय दर्ता नगरेको, नापतौल प्रमाणीकरण नगरेको र बध गर्ने स्थान समेत अत्यन्तै फोहोर रहेको पाएपछि तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

विभागले आजै गोँगबुमा रहेको सात पसलको पनि अनुगमन गरेको छ । अन्य पसल भने सामान्य अवस्थामा रहेको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए ।

२०७४ असार २७ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...