क्रिकेट बोर्डका नवनियुक्त प्रशिक्षक शास्त्रीको तलब नै १२ करोड ८० लाख



काठमाडौं ।

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले आफ्नो नवनियुक्त प्रशिक्षक रवी शास्त्रीलाई वार्षिक १२ करोड ८० लाख रुपैयाँ तलबको रुपमा दिने भएको छ। 

बिसिसिआईको शीर्ष नेतृत्व यस विषयमा सहमत भएपछि शास्त्रीको तलब पहिलेका प्रशिक्षकभन्दा बढि हुन पुगेको छ।

शास्त्रीको तलब अनिल कुम्बलेभन्दा २ करोड ४० लाख रुपैयाँ बढि हो। अनिल कुम्बलेले यसअघि १० करोड ४० लाख रुपैयाँ पाउने गर्थे।

यसअघि अनिल कुम्बलेले प्रशिक्षकको तलब ११ करोड २० लाखदेखि १२ करोडको हाराहारीमा हुनु पर्ने प्रस्ताव अघि सारेका थिए।

बिसिसिआईले कुम्बलेको प्रस्तावभन्दा ८० लाख बढि शास्त्रीलाई दिएको छ। यसअघि शास्त्री भारतीय टोलीको निर्देशक हुँदा उनले १२ करोडसम्म लिएका थिए, जसमा मुआवजा रकम पनि गाभिएको थियो। उनलाई त्यो रकम कमेन्ट्रीलगायत मिडियाबाट बाहिर बस्नका लागि दिइएको थियो।

,

प्रतिकृया दिनुहोस्

Loading...