मकवानपुरमा बस दुर्घटना २ जनाको मृत्यू, ४० बढी घाइते

  • मकवानपुर । 
मकवानपुरमा बस दुर्घटना भएको छ। गोगनेबाट काठमाण्डौका लागि छुटेको बस मकवानपुरको थाहा नगरपालिका १ मा पर्ने खानीगाउँमा बस दुर्घटना भएको हो ।

ना ४ ख ४५६७ नम्बरको बस दुर्घटना हुँदा २ जनाको मृत्यू भएको छ । कैलाश गाउँपालिका वडा नम्बर ५ की कमला दोङ र सोही गाउँपालिका वडा नम्बर २ की कुन्साङ लामाको मृत्यू भएको ईलाका प्रहरी कार्यालय पालुङले कनाएको छ। 

पालुङ प्रहरीकाअनुसार दुर्घटनमा परी ४० जना भन्दा बढी यात्रु घाईते भएका छन् । घाइतेहरुलाई उपचारको लागि काठमाडौ पठाइएको छ ।

अधिकांस घाइतेहरु रक्ताम्य भएको हुनाले गम्भिर वा सामान्य यसै भन्न नसक्ने प्रहरीको भनाइ छ । दुर्घटनामा परेको बस करिब १ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । के कति कारणले बस दुर्घटनामा परेको हो भन्ने बारे प्रहरीले केही बताएको छैन।

२०७४ साउन ३ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...