मन्त्रिमण्डल विस्तारै गर्दै प्रधानमन्त्री देउवा, हेर्नुहोस् आज को-को बन्दैछन् मन्त्री ?

  • काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर मंगलबार मन्त्रिमण्डल बिस्तार गर्दै छन् ।  देउवाले मन्त्रिमण्डलमा कांग्रेसका १० जना र माओवादीका ६ जना नयाँ सदस्यहरुलाई मन्त्री पदमा नियुक्त गरी आजै पद तथा गोपनियताको सपथ दिलाउने तयारीमा लागेको नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जानकारी दिए।

शनिबारदेखि सोमबारसम्म चलेको पार्टी केन्द्रीय समिति बैठकमा सभापति देउवाले आजै मन्त्रिमण्डल विस्तार गर्ने जानकारी यसअघिनै नेताहरुलाई दिएका थिए ।

कांग्रेस र माओवादीबीच साउन ४ गते भएको सहमति अनुसार, कुल ३० मन्त्रालयमा कांग्रेसको भागमा १३, माओवादीको भागमा ९ र फोरम लोकतान्त्रिकलाई ३ र नेकपा संयुक्तलाई एक मन्त्रालय बाँडिएको छ भने बाँकी चार मन्त्रालय राप्रपा र साना दलका लागि छुट्ट्याइएको छ ।

माओवादी र फोरम लोकतान्त्रिकले आन्तरिक रुपमा छलफल गरी नाम दिने तयारी गरिरहेका छन् । कांग्रेसको भागमा परेका मन्त्रालयमध्ये खाली रहेका १० वटा मन्त्रालयमा पार्टीको तर्फबाट क–कसलाई पठाउने भन्नेबारे प्रधानमन्त्री देउवाले आफ्ना सहयोगीसहित वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालासँग परामर्श गरिरहेका छन् ।

पार्टीभित्र मन्त्री पदका आकांक्षी धेरै तर, पार्टीको भागमा परेका मन्त्रालयको संख्या सिमित भएकाले मन्त्री छान्न कठिनाइ परिरहेको छ । जेठ २४ गते माओवादी लगायतका दलहरुको समर्थनमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री बनेका थिए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...