अचानक नर्भिकमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई यस्तो रोग देखियो


काठमाडौं ।

मुटुको उपचारका लागि अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाहको एनजीओप्लाष्टी गरिएको छ । 

मुटुमा समस्या देखिएपछि शाहलाई नर्भिक अस्पतालमा भर्ना गरेर उपचार गरिएको छ ।

धमनीमा सामान्य अवरोध देखिएकाले एनजीओप्लाष्टी गरिएको नर्भिक अस्पतालका नायव महाप्रवन्धक आरपी मैनालीले जानकारी दिए । उनका अनुसार पूर्वराजा शाहको स्वास्थ्य अहिले सामान्य छ । उनलाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने र आराम गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।

पूर्वराजा शाहको उपचारमा डा. यादव भट्ट नेतृत्वको टोली संलग्न छ । टोलीमा डा. शिवजीविक्रम सिलवाल, डा. शेखर राजभण्डारी र डा. नमा श्रेष्ठ छन् ।

नियमित स्वास्थ्य जााचको लागि अस्पताल पुगेका शाहलाई चिकित्सकहरुले भर्ना हुन सुझाव दिएका थिए ।


,

प्रतिकृया दिनुहोस्

Loading...