टर्की :६.७ म्याग्नीच्युडको भुकम्प जाँदा ३६० जना घाइते

  • अङ्करा ।
टर्कीको प्रमुख रिसोर्ट बोदरुम नजिकै गएको भूकम्पमा परी कम्तीमा ३६० जना घाइते भएका छन् । टर्कीको एगेन नजिकै ६.७ म्याग्नीच्युडको भूकम्प गएको टर्कीका स्वास्थ्य मन्त्रीले शुक्रबार जानकारी दिएका छन् ।

स्वास्थ्य मन्त्री अहमेट डेमिर्कानले रिसोर्टमा ३६० जना रहेकोमा २७२ जनालाई एम्बुलेन्समा अस्पताल लगिएको बताए ।

स्वास्थ्यमन्त्री डेमिर्कानले २५ जनालाई शरीरका विभिन्न भागका हाड तथा मांसपेशीमा गहिरो चोटका कारण उपचारका लागि अहिले पनि अस्पतालमा रहेको जानकारी दिए । तर उनीहरु खतरामुक्त रहेकोे बताइएको छ ।

रातभरी आएको भूकम्पका क्रममा डराएर भवनका झ्यालहरुबाट हाम फाल्दा उनीहरु घाइते भएको सञ्चार माध्यमहरुले जनाएका छन् ।

अस्पतालको भवन पनि क्षतिग्रस्त भएकाले वरिपरी राखेर उनीहरुको उपचार भइरहेको जिल्लाका गभर्नर बेकिर यिल्माजले जानकारी दिए । कोसमा रहेको ग्रीक टापुमा एक स्वीडेन नागरिक र एक टर्कीस नागरिकको मृत्यु भएको छ ।

ग्रीसको द्वीपीय क्षेत्र अर्थात ग्रीस र टर्कीको विदा मनाउने गन्तव्यको रूपमा रहेको स्थान कोस द्वीपमा शक्तिशाली भूकम्प गएको हो । 

टर्कीको प्रमुख रिसोर्ट बोदरुमबाट १०.३ किलोमिटर दक्षिणमा पर्ने सो स्थानमा यस भूकम्पको केन्द्रविन्दु रहेको बताइएको छ । गत जुन महिनामा पनि ग्रीसको सो द्वीपमा रहेको लेसबोसमा भूकम्प गएको थियो ।

 ६.३ म्यानिच्युडको सो भूकम्पमा परी एक महिलाको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका थिए ।

२०७४ साउन ६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्

Loading...