इटहरी उपमहानगरपालिको मतगणना जारी, यस्तो छ पछिल्लो अपडेट

  • टहरी ।

असार १४ गते भएको स्थानीय तह निर्वाचनको मतगणना इटहरी उपमहानगरपालिकाको जारी रहेको छ ।

इटहरी उपमहानगरपालिका कार्यालय पूर्वतर्फ रहेको साँस्कृतिक भवनमा जारी मतगणना अनुसार अहिले नेकपा एमालेका मेयर पदका उम्मेदवार पार्टी जिल्ला अध्यक्ष समेत रहेका द्धारिकलाल चौधरी कांग्रेसका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका रोहित प्रसाई भन्दा १ हजार ७ सय ९२ मतले अगाडी छन् । 

पछिल्लो मतपरिणाम अनुसार चौधरीले १६ हजा १ सय ७८ मत प्राप्त गरेका छन् । कांग्रेसका प्रसाईले १४ हजार ३ सय ८६ मत मात्र प्राप्त गरेका छन् ।

उपमेयरमा पनि एमालेकी लक्ष्मि गौतम अग्रस्थानमा देखिएकी छन् । उनले १५ हजार २ सय ८७ मत प्राप्त गरेकी छन् । कांग्रेसका तर्फबाट उपमेयर पदमा उम्मेदवार बनेकी बिमला ढकालले १३ हजार ८ सय ३ मत प्राप्त गरेकी छन् । उनलाई १ हजार ४ सय ८४ मतले गौतमले उछिनी रहेकी छन् ।

एमालेलाई वडा नम्बर ४ र ५ बाट निकै राम्रो मत खसेको छ । यसअघि एमालेले वडा नम्बर २ र १८ मा विजय प्राप्त गरिसकेको छ । नेपाली कांग्रेसले वडा नम्बर १, ३, २०, ६ , १६ र १७ वडामा विजयी हासिल गरिसकेको छ । अहिलेसम्ममा २२ हजार मतगणना भईसकेको छ । इटहरीमा ५७ हजार १३ मत खसेको हो ।

२०७४ असार २१ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...