चुनाव जितेकै भोलिपल्ट २३ बर्षकी उपमेयरले गरिन यस्तो सबैलाई मख्ख पार्ने घोषणा...

  • कपिलवस्तु । 
उम्मेदवारी दर्तादेखि उनी चर्चामा थिइन् । कम उमेर र तार्किक भाषणले उनलाई जिल्लाभर चिनाएको थियो । मंगलबार २४ वर्षीया शिवकुमारी चौधरी (थारू) शिवराज नगरपालिकाको उपमेयर चुनिएपछि चर्चा चुलिएको छ । 

उनले जिल्लाको दोस्रो व्यापारिक केन्द्रमा २ हजार ९ सय ३३ मतान्तरले चुनाव जितिन् । एमालेबाट उम्मेदवार बनेकी उनले ५ हजार ९ सय ६२ मत प्राप्त गरिन् । निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी सुमन यादवले ३ हजार २९ मत प्राप्त गरेकी थिइन् ।

परिस्थिति आकलन गरेर आफ्ना कुरा राख्ने शिवराज–१ शिवपुरकी उनलाई युवा, प्रौढ र वृद्धले रुचाएका छन् । ‘यहाँ समाज र स्थानीयका मान्यता विभिन्न कारणले विभाजित छन्,’ मंगलबार उनले भनिन्, ‘त्यसलाई जोड्न मैले उम्मेदवारी दिएकी थिएँ ।’

सद्भाव कसिलो बनाउँदै सामाजिक न्याय, रोजगारी र ग्रामीण महिलालाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको उनले बताइन् । ‘कति गर्न सक्छु त्यो भविष्यले बताउँछ,’ उनले भनिन्, ‘काम गर्ने वातावरण बनाउन सबैसित आग्रह गर्छु ।’ उम्मेदवार बन्नुअघि उनी शिक्षिका र सामान्य कार्यकर्ता थिइन् । नगरको जातीय सन्तुलन र युवालाई आकर्षित गर्न एमालेले उनलाई उम्मेदवार बनाएको थियो । ‘पार्टीले टिकट दियो, स्विकारेर अघि बढें,’ उनले भनिन्, ‘अब जिम्मेवारी निभाउँछु ।’

सुरुआतमा नयाँ क्षेत्रमा कदम चाल्दा डर लागेको उनले बताइन् । पारिवारिक जिम्मेवारीबाट अब नगरपालिकाको जिम्मेवारी थपियो । उनले ६ वर्ष रेडियो समानतामा थारू भाषाको कार्यक्रम चलाइन् । रेडियोकर्मीका रूपमा उनको प्रस्तुति र आवाजले सबैलाई मोहित बनाएको थियो । त्यसको फाइदा उनलाई चुनावमा भयो । ‘आफूलाई चिनाएर भोट माग्न गाह्रो भएन,’ उनले भनिन् । उनले नगरभित्र रहेको सामाजिक विभेद, लैंगिक हिंसा, अन्याय, अत्याचार, भ्रष्टाचारविरुद्ध पहिलो कदम चाल्ने प्रतिबद्धता जाहेर गरेकी छन् ।

‘धेरै जिम्मेवारी थपियो,’ उनले भनिन्, ‘मलाई पढाइ छुट्छ कि भन्ने चिन्ता छ ।’ नेपाल आदर्श उमाविमा नेपाली विषयमा बीएड तेस्रो वर्ष अध्ययन गरिरहेकी उनको एमएडसम्म पढ्ने चाहना छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...