नेपाली जनप्रगतिशिल मोर्चा साउदी अरबले खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्दै


साउदी ।

नेपाल कम्युनिष्ट पार्टीनिकट नेपाली जनप्रगतिशिल मोर्चा साउदी अरबले तेस्रो महाधिवेशनको अवसरमा खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

"परिवर्तनको लागि बैज्ञानिक समाजवादको संसार, प्रवासी मजदुरहरू एकिकृत जनक्रान्तिको आधार ।" भन्ने मुल नाराका साथ मोर्चाले सेप्टेम्बर १ र २ मा तेस्रो महाधिवेशन गर्ने तयारी गरेको छ । 

सोहि अवसरमा सेप्टेम्बर १ र २ मा नै भलिबल प्रतियोगिता पनि आयोजना गरिएको मोर्चाका संयोजक मानबहादुर सहकारीले इमान्दार मिडियालाई बताए । संयोजक सहकारीकै अध्यक्षतामा  २५ सदस्यीय महाधिवेशन मुल आयोजक समिति पनि चयन गरिएको छ। 

महाधिवेशन उद्घाटन सत्र तथा खुल्ला भलिबल प्रतियोगितामा नेपाली दूतावासका राजदूत प्रा डा. महेन्द्र सिंह राजपुत, पुर्व कार्यबाहक राजदुत तथा उपनियोग प्रमुख आनन्द प्रसाद शर्मा, एनआरएनए प्रतिनिधिहरु,साउदी अरबमा कृयाशिल विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, उद्योगी,ब्यापरी, लेखक,कलाकार, बुद्धिजीवी,समाजसेवी तथा पत्रकार  लगाएतको उपस्थिति रहने संयोजक सहकारीले जानकारी दिएका छन् ।

२०७४ साउन ९ मा प्रकाशित ।


,

प्रतिकृया दिनुहोस्

Loading...