रामकुमारी झाक्रीले कांग्रेस कार्यकर्तालाई दिइन हातखुट्टा भाच्ने धम्की (अडियोसहित)

  • गुल्मी ।
एमाले नेतृ रामकुमारी झाँक्रीले टेलिफोन मार्फत एक युवालाई गुण्डा लगाएर हातखुट्टा भाच्ने धम्की दिएकी छन्।

लामो समय बिद्यार्थी राजनितीमा सक्रिय रहेर अखिल अध्यक्ष समेत भइसकेकी नेतृ झार्किले फेसबुकमा आफ्नाबारेमा टिप्पणी गर्ने युवालाई यस्तो धम्की दिएकी हुन्।

एमाले भित्र बौद्धिक युवा नेतृको पहिचान बनाइसकेकी झाक्रीको टेलिफोन धम्कीले एमालेजनहरुका निम्ति लाजमर्दो अबस्था सिर्जना भएको छ। 

इमान्दार मिडियालाई प्राप्त २ मिनेट ४८ सेकेण्ड लामो अडियोमा एक युवाले सामाजिक सञ्जालमा आफ्नाबारे स्टाटस लेखेकै आधारमा आफ्नै गाउँका एक कांग्रेस कार्यकर्तालाई झाक्रीले यसरी फोन मार्फत धम्क्याएको प्रष्ट सुनिएको छ।

टेलिफोनको शुरुवात संवाद सामान्य नै लागे पनि सुन्दै जाँदा उनको असभ्यता झल्किन्छ । टेलिफोनमा उनले भाषा शैली नै असभ्य र अनौठो प्रयोग गरेकी छन् । जुन उच्चस्तरको नेताले निम्ति बोल्न सुहाउने कुरा हैन ।

यस्तै झाक्रीले ति युवालाई हातखुट्टा भाँचीदिने धम्की दिनुको साथै आफुले बोलाएको ठाउँमा नआए एक्सन लिइ छाड्नेसम्मको अभिब्यक्ति दिएकी छन्।

यो टेलिफोन काण्डले एमाले नेताहरुको सभ्यतामाथि प्रश्न उठाएको कांग्रेस र माओवादीका नेताहरु बताउछन् । उनीहरु भन्छन् -'यो टेलिफोनले राम कुमारीको भन्दा एमालेको बढी बेइज्जत भएको छ।'

झाक्रीले आफ्नै जन्म स्थान गुल्मीको मदाने गाउँपालिकाका कांग्रेस कार्यकर्ता बमबहादुर कुवरलाई यसरी नसुहाउँदो गरि धम्क्याएकी हुन्।

सामाजिक सञ्जालमा लेखिएका विषयमा चित्त नबुझे प्रहरीमा उजुरी गर्न पाइने ब्यबस्था कानुनमा छ। सामाजिक सञ्जालमा अपसब्द प्रयोग गर्ने,गालीगलौज जस्ता स्टाटस लेखेको खण्डमा साइबर अपराध अन्तर्गत मुद्धा हाल्न सकिने व्यवस्था छ।

राष्ट्रिय नेताको छबि बनाइसकेकी नेतृ झाक्रीले कानुनी बाटो अपनाउनुको साटो आफैले टेलिफोन गरी धम्की नै दिएपछि सामाजिक सञ्जालमा समेत उनको ब्यापक आलोचना भएको छ।

सुन्नुहोस् अडियो यसरी धम्काएकी छन् झाक्रीले 


हेर्नुहोस् बम बहादुरले लेखेको स्टाटस जुन स्टाटसका कारण एमाले नेतृ राम कुमारी झाक्रीले खुट्टा भाच्ने धम्कि दिइन ।


एमाले नेतृ झाक्रीले हातखुट्टा भाच्ने सम्मको धम्की दिइसकेपछी बम बहादुरले लेखेका थिए यस्तो स्टाटस


२०७४ असार २२ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...