चुनावमा अन्तर्घात गरेको भन्दै आफ्नै युवा नेतामाथि कांग्रेस कार्यकर्ताले दले कालोमोसो

  • नेपालगञ्ज । 

चुनावमा अन्तरघात गरेर पार्टीलाई हराएको भन्दै नेपाली कांग्रेसका युवा नेता युवराज पौडेलमाथि उनकै कार्यकर्ताले कालोमोसो  दलेका छन् ।

अन्तरघात गरेर पार्टीका उम्मेदवारलाई हराएको भन्दै बुधवार कोहलपुर नगरपालिकामा कांग्रेस कार्यकर्ता विजय पुडासैनी नेतृत्वमा आएको ४ जनाको समूहले पौडेललाई कालोमोसो दलेको हो ।

कोहलपुर नगरपालिकाको मेयरमा एमालेका लुट बहादुर रावत निर्वाचित भएपछि काँग्रेस कार्यकर्ताहरुले आफ्नै नेताको धज्जी उडाएका हुन् । उपमेयरमा भने काँग्रेसकै सञ्जु चौधरी बिजयी भएकी छन् ।

कांग्रेसतर्फका मेयरका प्रत्यासी भानुभक्त भट्टराई पराजित भएपछि पुडासैनीको समूहले घरमै गएर दुर्व्यवहार गरेको नेता पाैडेलले बताएका छन् । पौडेल नेपाली कांग्रेस साविकको रझेना गाविस इकाईका पूर्व सभापति तथा क्षेत्रीय सभापतिका प्रत्यासी हुन् ।


,

प्रतिकृया दिनुहोस्

Loading...