रगत अभावका कारण कर्णालीमा बिरामी बचाउँन हम्मे हम्मे

  • काठमाडौं । 
कालिकोटको तिलगुफा गाउँपालिकाकी गर्भवती ३५ वर्षीया सर्पना हमाललाई मंगलबार राति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याउँदा अवस्था सामान्य नै थियो ।

सर्पनाको कोखबाट राति २ बजेतिर छोरा जन्मियो पनि । सामान्य रुपमै बच्चा जन्मिएपछि सर्पनाका श्रीमान जयबहादुर हमाल खुसी भएका थिए । तर, केही क्षणमै जयबहादुरको खुसीको माहोल बिग्रिँदै आत्तिनुपर्ने अवस्थामा परिणत भयो ।

सर्पनाको रक्तश्राव हुन थालेपछि जयबहादुर मात्र होइन, डाक्टरसमेत आत्तिए । बच्चा जन्मिएको केही क्षणदेखि नै उनलाई रक्तश्राव भएको थियो । त्यसपछि मध्यरातमै नेपाली सेनाको भगवती दल गणका जवान, नर्सिङका विद्यार्थी तथा सशस्त्र प्रहरीले आवश्यक रगत प्रदान गरेपछि मात्रै सर्पनाको ज्यान बचाउन चिकित्सक सफल भए।

यो त एउटा प्रतिनिधि उदाहरण मात्रै हो । कर्णालीमा रगत अभाव हुँदा बिरामीको उपचारमा समस्या परिरहेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...