नेपाल-भारत सिमा क्षेत्रमा अन्धाधुन्द गोली चल्यो, घाइतेको विरगञ्जमा उपचार हुदैँ

  • काठमाडौँ । 
नेपाल-  भारत सिमा क्षेत्र रक्सौलमा अन्धाधुन्द गोली चलेको छ । विरगञ्ज नजिकैको भारतीय व्यापारीक शहर रक्सौलमा सोमवार बन्दुकधारीहरुले अन्धाधुन्द गोली चलाएका हुन् । गोली लागेर तीन जना गम्भीर घाइते भएका छन् ।

रक्सौलको मन्सामाई मन्दिर नजिक रहेको क्याम्ब्रिज पब्लिक स्कुल परिसरमा मास्क लगाएर प्रवेश गरेका चार जना बन्दुधारीले गोली चलाएका थिए । 

विद्यालय बसका चालकद्वय विक्रम कुमार र रामायणप्रसाद कुर्मी तथा सुरक्षा गार्ड ध्रुब साह गम्भीर घाइते भएका हुन् । घाइते तीनै जनाको भारतमा उपचार हुन नसकेपछि विरगञ्ज ल्याइएको छ । 

दुई वटा मोटरसाइकलमा आएका उनीहरुले विद्यालय प्रवेश गर्ने वित्तिकै गोली चलाएका थिए । उनीहरुले विद्यालय परिसरमा प्रवेश गर्ने वित्तिकै गोली चलाएका थिए । उनीहरु प्रवेश गर्ने वित्तिकै स्वचालित हतियारबाट अन्धाधुन्दा गोली चलाएका थिए ।

गोली हानेपछि उनीहरु त्यहाँबाट फरार भएका छन् । प्रहरीका अनुसार अहिले सम्म उनीहरुको पहिचान भएको छैन । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

भारतीय प्रहरीले नेपालको प्रहरीलाई पनि त्यहाँ भएको घटनाको बारेमा जानकारी गराएर निगरानी गर्न अनुरोध गरेको छ । घाइते हुनेहरु नेपाली नागरिक हुन या भारतीय भन्नेबारे नखुलेको प्रहरीले जनाएको छ ।

बिगुल न्युजबाट

,

प्रतिकृया दिनुहोस्

Loading...