एमाले अध्यक्ष ओली सुटुक्क रातिराति किन पुग्छन् लैनचौर ? भयो खतरनाक खुलासा

  • काठमाडौं । 

नेकपा एमालेका अध्यक्ष केपी ओलिलार्इ स्थानीय तहको चुनावका लागि ‘रअ’ ले पैसा दिएको आरोप लागेको छ । 

सोमबार पार्टी मुख्यालय धुम्रबाराहीमा बसेको स्थायी समिति बैठकमा युरोपियन यूनियनले नेपालमा क्रिश्चियनको प्रचारका लागि एमाले निकटका एनजिओमार्फत निर्वाचन खर्च दिएको आरोप लगार्इएको छ ।

केपी ओलीले पनि लैनचौरस्थित भारतीय दूतावासमा रातिराति पुगेर सल्लाह लिने गरेको स्रोतको दाबी छ । स्थायी समिति बैठकमा बरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल र उपाध्क्ष बामदेब गौतमले एमालेलाई चुनावमा खर्च गर्ने पैसा कहाँबाट आयो भनेर प्रश्न उठाएका थिए ।

तर, अध्यक्ष ओलीले गोलमटोल जवाफ दिए । चित्तबुझ्दो जवाफ नआएपछि नेपाल, खनाल र गौतमले क्षणिक लाभका लागि राष्ट्र र राष्ट्रियतालाई बन्धक राखेर पैसा लिन नहुने धारणा राखेको उच्च स्रोतले जनायो । युनाईटेड पोष्ट साप्ताहिकबाट

प्रतिकृया दिनुहोस्

Loading...