बालुवाटारमै केपी ओलीले गरे यस्तो बेइमानी, देउवा–प्रचण्ड हैरान...

  • काठमाडौं । 

नेकपा एमालेले संविधान संशोधन विधेयक पारित गराउन साथ नदिने भएको छ । 

स्थानीय चुनावपछि संशोधन विधेयकमा साथ दिने भन्दै आएको एमालेले आज बालुवाटारमा प्रधानमन्त्री देउवाले बोलाएको प्रमुख तीन दलको बैठकमा संशोधन पास हुन नदिने अडान दोहोर्याउँदै बेइमानी गरेको हो ।

बैठकमा देउवाको प्रस्ताव ठाडै अस्वीकार गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै चुनावसम्म संशोधनलाई स्थगित गर्नु पर्ने र त्यसपछि खुला छलफल गर्न सकिने अडान सुनाएको स्रोतले बतायो ।

यस्तै बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार अध्यक्ष प्रचण्डले सहमतिमा संविधान संशोधन प्रस्ताव अगाडि बढाउने, त्यो विकल्पमा सहमति नजुटेको अवस्थामा संशोधन प्रस्ताव संसदमा भोटिङमा लैजाने र भोटिङबाट आएको परिणामलाई एमाले,राष्ट्रिय जनता पार्टी र सत्ता गठबन्धनले मान्ने र राजपा सहमत भएको अवस्थामा संघीय र प्रदेशको निर्वाचनसम्म संविधान संशोधन स्थगित गर्ने र राजपाका अन्य मुद्दाहरु माथि छलफल गर्ने विकल्प प्रस्तुत गर्नु भएको थियो ।

राजपासँग छलफल गरेर फेरि तीन दलको बैठक बस्ने सहमति भने भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओबादी अध्यक्ष पुष्पकमल दाहाल लगायतका शीर्ष नेताहरु सहभागी थिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...