जताततै दलालहरुको बिगबिगी, गोल्डेन इन्टरनेशनलको यस्तो लुटधन्दा

  • काठमाडौं । 
देशमा भएको बेरोजगारीको फाइदा उठाउँदै काठमाडौँमा बिभिन्न खालका दलालहरुले आफ्नो लुटधन्दा सञ्चालन गरेका छन् । 

काठमाडौँको कलंकीमा गोल्डेन इन्टरनेशनल च्यालेन्ज गोल्डेन इन्टरनेशनल नामक एक सस्थाले सयौ युवायुवतीहरुबाट लाखौ ठगी गरेको खुलासा भएको छ ।

बर्दिया घर भएका तुलसी लामिछानेले आफु ठगिएको सूचना संचारकर्मीलाई दिएपछि गोल्डेन इन्टरनेशनल नामक सस्थाले गरेको लुट धन्दाको प्रदाफास भएको हो ।

यस्तो छ ठगि धन्दाको बेलिबिस्तार

२०७३ सालको एइइ परिक्षा सकाएपछि वेरोजगार भएका लामिछाने साथीहरुको लहलैमा जागिरको पाइने सुनेर आशाले काठमाडौं आए । 

जागिरको खोजी गर्दै कलङ्कीमा रहेको गोल्डेन इन्टरनेशनलमा पुगेका लामिछानेलाई धेरै राम्रो तलव दिइने आश्वासन देखाइयो । उनी अन्तरवार्तामा उत्तिर्ण भए । उनलाई हुने नहुने आश्वासन दिएर काम गर्न राजी गराइयो । 

जागिर पक्का भएपछि उनले केही समय तामिल लिन पर्ने भयो । सिप नभएका यूवाहरुलाई तामीम दिएर योग्य बनाई काममा लगाउनु स्वभाविकै मानीन्छ ।

तालिम त लिने तर कुन ठाँउमा ? अलमल परेको समयमा त्यहाँको हाकिले तालिमका लागि पुर्वतिरका गाँउ गाँउमा जानपर्ने कुरा सुनाए । 

विहान वेलुकाको खाना कम्पनीले व्यहोर्ने, महिनाको १७ हजार तलव दिनेलगायतको आश्वासन दिएर एक खालको मौखिक सम्झौता गरी नागरिकतासहितका प्रमाणपत्र धरौटि राखेर उनलाई पुर्वतिर पठाइयो । 

सम्झौतामा के लेखिएको थियो भन्ने कुराको ख्यालै नगरी मौखिक सम्झौता अनुसार उनी पुर्वको झापा पुगे । उनीसंगै उनका थुर्पै साथिहरु थिए । मौखिक सम्झौतामा भनिएको थियो मासिक १७ हजार तलव हुन्छ, विहान, वेलुकाको साना, दिउसो खाजा र वासको व्यवस्था कम्पनीले गर्नेछ ।

त्यहाँ पुगेपछि एउटा सम्झाता तोडियो । त्यो थियो विहानको खाना जागिरेले व्यहोर्ने । त्यसमा उनीहरुले ठिकैछ भनेर काम गर्न सुरु गरे । 

काम भनेको गाउँ गाउँमा गएर आयर्वेदिक औषधि वेच्नुपर्ने रहेछ । उनीहरुले रौतहटबाट चेच्न सुरु गरेर ताप्लेजुङ पाँचथरसम्म पुगे । त्यहाँ पुगेपछि उनिहरुले अर्को कुरापनि थाहा पाए । 

आफुले वेचेको औषधि अनुसार पो पैसा पाइने रहेछ । काठमाडौंमा हाकिमले महिनाको १७ हजार तलव हुन्छ भनेको सपना जस्तो लाग्यो । 

खाना खाने र गाडी चढ्ने पैसा नहुँदा मोबाइल धरौटी राख्नुपर्यो

काठमाडौँबाट यसरी आश्वासनको पोकाले भरिएर पुर्व पुगेका युवालाई यस्तो बिचल्ली भयो कि आम्दानीको कुरै छोडौ विहान बेलुका खाना खानका लागि घरबाट पैसा मगाउनुपर्ने अवस्था आयो । 

घरमा बा आमाको अबस्था पैसा पठाउ सक्ने नभएपनि टिम कमाण्डरको सहमतिमा उनी काठमाडौं आए । गोजिमा पैसा थिएन् । साथमा भएकोे मोवाइल धरौटी राखेर उनी विराटनगरबाट काठमाडौं आए ।

काठमाडौंमा रहेका उनका आफन्तले गाडी भाडा तिरेर मोेवाइल फिर्ता दिए । यस्तै आफन्तले नै वर्दियाको भाडा हालेर उनलाई घर पठाइदिए । उनी दलालसंग ठगिएर निन्याउरो अनुहार लिइ टाउकामा ऋण बोकेर घर फर्किए।

यो त एउटा प्रतिनिधि घटना मात्र हो । दैनिक हजारौँ युवाहरु यसैगरि ठगीने गरेका छन् । कोही दैनिक पत्रिकाका विज्ञापनबाट ठगिन्छन् त कोही जागीर खोज्दै अफिस धाउनेहरु ठगीने गरेका छन् । 

काठमाडौंबाट प्रकाशित हुने दैनिक पत्रिकाको बर्गिकृत डिस्प्लिेमा आउने चाहियोवाला विज्ञापनबाट फस्ने गरेका छन् भने कोही आफै अफिस धाएर ठगीने गरेका छन् ।

नागरिकता जफत गरी पैसा अशुल्ने  अनौठो ठगी धन्दा

गोल्डेन इन्टरनेशनको ठगि धन्दा पनि अलि फरक रैछ । ठगि धन्दा भनौँ या उसको आम्दानीको श्रोत युवाहरुको नागरिकता धरौटी स्वरुप राख्ने र छोडेर गए पैसा असुल्ने अनौठो ठगि धन्दा रहेछ । 

गोल्डेन इन्टरनेशनको पैसा अशुल्ने नया धन्दाबारे जव लामीछाने आफ्नो नागरिकता लिन त्यो अफिसमा गए अनि मात्र थाहा भयो । 

उनलाई नागरिकता चाहीने भए सुरुमा २२ सय रुपैयाँ लिएर आउन भनेको रहेछ । पैसा नभएकाले उनी नागरिकता लिन अहिलेसम्म गएका छैनन् । 

अहिले उनको पैसा कति हो भनेर बुझ्न खोज्दा ३२ सय छ भनेर जवाफ आउँछ । दिन बढ्दै जाँदा उनको नागरिकताको मुल्य पनि बढ्दै गएको छ । 

समयमा उनी नागरिकता लिन नगएकाले उनले राखेको आफ्नो अफिसको भाडा बढेजस्तै नागरिकताको भाडा बढेको छ ।

दर्ता बिना नै कम्पनी सञ्चालन


गोल्डेन इन्टरनेशनल भन्ने संस्था नेपाल सरकारको कुनैपनि कार्यलयमा दर्ता नभएको पाइएको छ । उक्त सस्थाले जारि गरेको परिचयपत्रमा भएको नाम नेपाल सरकारको कुनै कुनैपनि निकायमा दर्ता भएको छैन् ।
परिचय पत्रको पछाडीपट्टि एउटा छाप लगाइएको छ । त्यो छाप पनि अर्कै कम्पनीको स्पस्ट देख्न सकिन्छ । च्यालेन्ज गोल्डेन इन्टरनेशन कलंकी काठमाडौं लेखिएको छाप कार्डको पछाडी लगाइएको छ । 

तुलसी प्रसाद लामीछानेको २०७३ साल चैत्र २८ गते जारि गरिएको कार्डमा यस्तो पाइएको छ ।


अर्कै कम्पनीको दर्ता नम्बर दुरुपयोग



गोल्डेन इन्टरनेशनलले जारि गरेको परिचयपत्रमा एउटा दर्ता नम्बर राखिएको छ । तर त्यो अर्कैको दर्ता नम्बर रहेको पाइएको छ । कम्पनी रजिष्टारको कार्यलयमा दर्ता भएको भनिएको उक्त दर्ता नम्बर वृष्टि भेहिकल सर्भिसको रहेको छ । २०७० साल असोज ९ गते काठमार्डौ महानगरपालिका १४ मा कार्यलय रहने गरि दर्ता भएको उक्त सस्थाको दर्ता नम्बरको यसरी दुरुपयोग गरिएको छ । 


कम्पनीको सुरक्षाका लागि नागरिकता धरौटी राखेको नाटक

लुट धन्दा सञ्चालन गर्दै आएको गोल्डन इन्टरनेशनलले जारी गरेको कार्डमा भएको टेलिफोन नम्बर ०१४३०२३६९ मा सम्पर्क गर्न खोज्दा फोन सम्पर्क हुन् सकेन । 

अफिसमा फोन नलागेपनि कम्पनीका एक जना संचालक नगेन्द्र चौलागाँईलाई फोन गर्दा उनले कम्पनी र समानको सुरक्षाका लागि कर्मचारीको नागरिकता राखेको नाटक गरे । 

गृह मन्त्रालयको अनुमति विना नागरिकता राख्न पाउँदैन नी भन्दा उनले आफ्नो प्रोडक्टको सुरक्षाका लागि राखेको जिकीर गरे । 

गृह मन्त्रालयका अनुसार २४ घण्टा भन्दा धेरै समय अनुमति विना कसैले अर्काको नागरिकता, राहादानी लगायतका व्यक्तिगत सामाग्रीहरु राख्न पाइदैन् ।


ठगि धन्दा चलाइरहेका चौलागाईको यस्तो प्रतिकृया

गोल्डेन इन्टरनेशनलका संचालक नगेन्द्र चौँलागाईले कम्पनी दर्ताका बारेमा बुझ्न खोज्दा केहि त्रुटिभएको हुनसक्ने बताए । 

उनले भने, कम्पनी साँचो होकी हैन् भन्नका लागि दर्ता नम्बर वा पान नम्बरले प्रस्ट हुन्छ । 
हाम्रो संस्था च्यालेन्ज इन्टरनेशनल हो ।' उनले दर्ता नम्बरबाट जानकारी पाउन सकिने भनेपछि गोल्डेन इन्टरनेशनलले प्रयोग गर्दै आएको दर्ता नम्बर खोजी गर्दा अर्कै कम्पनीको रहेको पाइएको छ ।

संचालक चौलागाँई भन्छन् पैसा ल्याउ, नागरिकतालैजाउ 

नागरिकता लिन आउँदा ३२ सय रुपैयाँ लिएर आउँदा मात्र नागरिकता पाइने कम्पनीका संचालक चौलागाँईले स्पस्ट पारेका छन् । तर ति युवा लामीछाने भने आफूसंग उनलाई तिर्ने पैसा नभएको बताउँछन् ।

‘मलाई नागरिकता चाहिएको छ तर पैसा पनि छैन्’ उनले भने । ९ गते प्रहरीमा भर्तिका लागि नगरिकता चाहिएको छ यदि नागरिकता निकाल्न नसके आफू ठुलो अवसरबाट गुम्नसक्ने उनको भनाई छ ।
‘यदि मेरो करियरमा बाधा आए त्यसको क्षतिपुर्ति गोल्डेन इन्टरनेशनलले व्यहोर्नुपर्ने छ’ उनले भने । गोल्डेन इन्टरनेशनलका संचालक चौलागाँई पुर्व प्रहरी रहेको बुझिएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...