आयो ३१८ तहको नतिजा, बाँकी १८ तहमा मतगणना जारी, यस्तो छ पछिल्लो अपडेट
- काठमाडौं ।
निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) का अनुसार हालसम्म २८ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य पूरा भएको छ। अहिले सात जिल्लाका १८ स्थानीय तहमा मतगणना जारी रहेको छ।
झापाका ६ स्थानीय तह, मोरङका तीन, सुनसरी दुई, उदयपुर दुई, रुपन्देही दुई, कञ्चनपुर दुई र कैलालीको एक स्थानीय तहमा मतगणना कार्य जारी रहेको छ। पछिल्लो समय कुनै पनि स्थानीय तहको मतगणना कार्य स्थगित नरहेको केन्द्रले जनाएको छ।
आज बिहान ८ः३० बजेसम्मको मतगणनाअनुसार नेकपा (एमाले) १४१, नेपाली कांग्रेस ११७, नेकपा (माओवादी केन्द्र) ३७, संघीय समाजवादी फोरम ७, नेपाल लोकतान्त्रिक फोरम ६, राप्रपा चार, राष्ट्रिय जनमोर्चा दुई र स्वतन्त्र उम्मेदवार दुई स्थानमा स्थानीय तहको प्रमुखरअध्यक्ष पदमा निर्वाचित भएको आयोगले जनाएको छ। दोस्रो चरणमा ३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधि चयन हुनेछन्। यस निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मत खसेको थियो।
प्रतिकृया दिनुहोस्
Loading...